स्थलमार्ग सुरक्षित नहुँदा दुर्गम पहाडी जिल्लाका यात्रु हवाई मार्गबाट यात्रा गर्छन्। तर, हवाई नियमित नहुनु, सहजै टिकट नपाउनुलगायत कारणले यात्रुले समस्या भोग्दै आएका छन्।
कोहलपुर– दशैँको रौनक घरआँगनमा आइरहेका बेला विभिन्न जिल्लाबाट घर जान हिँडेका यात्रु राँझा विमानस्थल नेपालगन्जमा अलपत्र परेका छन्।
यहाँबाट पहाडी जिल्लाका लागि हवाई टिकट नपाउँदा दशैँ मनाउन कर्णाली र सुदूरपश्चिम जाने सर्वसाधारणलाई समस्या भएको हो। टिकट नपाउँदा पाँच दिनदेखि नेपालगन्जमा बसिरहेको हुम्लाका धनन्जय जेठाराले बताए। भोजपुरमा शिक्षण पेसामा कार्यरत उनी दशैँ मनाउनका लागि गृह जिल्ला जानका लागि यहाँ आए पनि टिकट नपाएकाले होटलमा बस्न बाध्य छन्। “टिकट पाइन्छ कि भनेर दैनिक रूपमा नेपाल वायुसेवा निगमको टिकट बिक्री तथा आरक्षण कक्ष धम्बोजीमा बिहानै जाने गरेको छु,” दिउँसो एक बजे विमानस्थलमा भेटिएका जेठाराले भने, “बिहान ४ बजे टिकटका लागि यहाँ आएको अहिलेसम्म टिकट पाउन सकेको छैन।”
स्थलमार्ग सुरक्षित नहुँदा दुर्गम पहाडी जिल्लाका यात्रु हवाई मार्गबाट यात्रा गर्छन्। हवाई नियमित नहुनु, सहजै टिकट नपाउनुलगायत कारणले यात्रुले समस्या भोग्दै आएका छन्। सडक सञ्जालको पहुँच नभएका कर्णाली प्रदेशको डोल्पा र हुम्लाका साथै जुम्ला, मुगु तथा सुदूरपश्चिम प्रदेशको बाजुराका बासिन्दाले टिकट नपाउँदा सास्ती झेल्नुपरेको बताएका छन्। नियमित उडान नभएकाले टिकटको दुरुपयोग हुने गरेको यात्रुको गुनासो छ।
निगमका उडान अत्यन्तै न्यून हुनु, निजी एयरलाइन्सले नियमित उडान गर्नुभन्दा चार्टर उडानलाई प्राथमिकता दिनुलगायत कारणले टिकट पाउन मुस्किल हुने गरेको जेठाराले बताए। उनका अनुसार दशैँको समयमा अन्य समयभन्दा यात्रुको चाप बढी भए पनि पर्याप्त उडान नहुँदा यात्रुले सास्ती पाएका छन्।
निजी एयरलाइन्सले नियमित उडान नगरेको भन्दै नियमित उडान भर्दै आएको वायुसेवामा पनि पहुँचवालाले मात्र टिकट पाउँदा समस्यामा परेको हुम्लाका कृष्णबहादुर सिंहले बताए। यसअघि सातामा तीन दिन मात्र उडान भर्दै आएको नेपाल वायु सेवा निगमले दशैँलाई लक्षित गरी आइतबारदेखि आठ दिनका लागि उडान थप गरेको जनाएको छ।
निगम क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख मानबहादुर चौधरीका अनुसार दशैँको समयमा यात्रुको चाप बढी हुँदा उडान थप गरिएको छ। “यसअघि हप्तामा तीन दिन मात्र उडान हुँदै आएको थियो,” उनले भने, “अहिले आठ दिनका लागि उडान थप गरी नियमित बनाइएको छ।”
यात्रुलाई सहज रूपमा सेवा दिने प्रयास भइरहेको बताउँदै चौधरीले बिरामी, बच्चाबच्ची, वृद्धावृद्धालाई प्राथमिकतामा राखेर टिकट वितरण गरिएको जानकारी दिए। यात्रुको चाप बढ्दा सबैले टिकट पाउन असहज भएको उनको भनाइ थियो।
बाजुरा कोल्टीकी संगीता विष्टले दशैँका लागि घर जान हवाई टिकट काट्न आएको भन्दै टिकट नपाउँदा घर कसरी जाने भन्ने चिन्ता लागेको बताइन्। निगमले पहुँचवालालाई मात्र टिकट वितरण गर्दा आफूहरूले नपाएको उनको गुनासो थियो। “एउटा उडानमा १७ सिट हुन्छ,” उनले भने, “यहाँ सातवटा टिकट मात्र सर्वसाधारणलाई दिने गरिन्छ। बाँकी टिकट पहुँचवालाले पाउँछन्।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
