प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रूपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ। यसका लागि पाँच ठाउँमा फिडर प्यानल जडान गरिएका छन्।
काठमाडौँ– शहर उज्यालो कार्यक्रमअन्तर्गत ललितपुरको ग्वार्को–इमाडोल–सानागाउँ–लुभु–लामाटार मुल सडकमा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ।
नेपाल विद्युत् प्राधिकरण र महालक्ष्मी नगरपालिकाको लागत साझेदारीमा ५ किलोमिटर सडकको दायाँबायाँ ३५७ वटा स्मार्ट स्ट्रिड लाइट जडान गरिएको हो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले ललितपुरको इमाडोलमा गरिएको कार्यक्रममार्फत जडान गरिएका सडक बत्तीको संयुक्त रूपमा उद्घाटन गरे।
कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले घर–घरमा विद्युत् पुर्याउन देशैभर चलिरहेको विद्युतीकरण अभियान दुई वर्षमा सम्पन्न हुने बताए। महालक्ष्मी नगरपालिका क्षेत्रमा हाल लगनखेल सबस्टेसनबाट विद्युत् आपूर्ति भइरहेको छ। लाइन लामो हुँदा उपभोक्ताबाट ट्रिपिङलगायत गुनासो आउन गरेको उल्लेख गर्दै घिसिङले यसलाई सुधार गर्न अहिले सिरुटारमा सबस्टेसन निर्माण गर्ने प्रक्रिया अगाडि बढेको बताए।
“आन्तरिक रूपमा विद्युत् खपत बढाउन प्रणाली सुधार भइरहेको छ, यसका लागि धेरै लगानी गरिरहेका छौँ,” उनले भने, “नगरपालिकातर्फबाट जग्गा उपलब्ध गराएमा लुभु क्षेत्रमा विद्युतीय चार्जिङ स्टेसन पनि स्थापना गर्नेछौँ।” नगर प्रमुख श्रेष्ठले मुल सडकमा जडान गरिएका बत्तीले सहरी सौन्दर्यलाई अभिवृद्धि गर्नुका साथै सडकको यात्रालाई सुरक्षित बनाउने बताए। सडक बत्ती कार्यक्रमलाई थप विस्तार गर्न लागिएको श्रेष्ठको भनाइ छ।
प्राधिकरण र महालक्ष्मी नगरपालिकाको साझेदारीमा सडक बत्ती जडानका लागि दुई करोड १६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। ८६ लाख र नगरपालिकाले एक करोड ३० लाख लागत साझेदारी गरेका छन्। बत्ती राख्नका लागि ६२ वटा नयाँ पोल जडान गरिएका छन्। बाँकी सडक किनारमै रहेका पोलको प्रयोग गरिएको छ।
कम विद्युत् खपत गर्ने तर उज्यालो बढी दिने ९० वाट क्षमताका बत्ती जडान गरिएका छन्। ‘स्ट्रिट लाइट’ले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा शहरी सौन्दर्य बढाइ नगरको रात्रिकालीन सौन्दर्य बढाउने छ। नगरपालिकाले सडक बत्तीको महसुल तिर्नेछ।
प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रूपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ। यसका लागि पाँच ठाउँमा फिडर प्यानल जडान गरिएका छन्। स्मार्ट बत्ती प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ। अँध्यारो हुँदा बत्ती बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ। सफ्टवेरबाट विद्युत् महसुलको बिलिङ गरिन्छ।
बत्ती बले/नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ। जडान गरिएका बत्तीको पाँच वर्षसम्म मर्मतसम्भार निर्माण व्यवसायी कम्पनीले नै गर्ने छ। प्राधिकरणले ‘शहर उज्यालो अभियान’अन्तर्गत पालिकासँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक साँस्कृतिक सम्पदा, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिरहेको छ।
यसबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणको विश्वास छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
