ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले चिडियाखानामा बालबालिका र वृद्धवृद्धालाई घुमाउनका लागि ‘सटल’ बसको व्यवस्था गर्ने घोषणा गरेका छन्।
काठमाडौँ– ललितपुर महानगरपालिकाले जावलाखेलस्थित सदर चिडियाखानामा ‘सटल’ बस राख्ने भएको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१औँ वार्षिकोत्सव तथा संरक्षक संरक्षण समारोहलाई सम्बोधन गर्दै ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले चिडियाखानामा बालबालिका र वृद्धवृद्धालाई घुमाउनका लागि ‘सटल’ बसको व्यवस्था गर्ने घोषणा गरेका हुन्। “यस पटक चिडियाखानामा बालबालिका, वृद्धवृद्धालाई घुमाउनका लागि एउटा सटल बसको पनि व्यवस्थापन गर्न गइरहेका छौँ,” उनले भने।
उनले आफू मेयर भइसकेपछि चिडियाघर वरपर हुने कन्सर्ट बन्द गराएको स्मरण गरे। जसका कारण चिडियाखानामा भएका वन्यजन्तुहरू आरामसाथ विचरण गर्न पाइरहेको उनको भनाइ छ।
“म मेयर भइसकेपछि जावलाखेलको चिडियाघरभन्दा बाहिर त्यहाँ ठूलो ठूलो कन्सर्ट हुन्थ्यो, मध्यरातसम्म, बाघ, भालुलाई सुत्नै डिस्टर्ब हुने गरी। तसर्थ मैले त्यो बन्द गरिदिएँ। अहिले बाघ, भालु आनन्दसँगले सुतिरहेका छन्,” उनले भने।
उनले महानगरपालिकामा धेरै सुधार गर्न बाँकी रहेको भन्दै ललितपुर महानगर सरोकारवाला पक्षसँग सहकार्य गर्न इच्छुक र तयार रहेको बताए। उनले ललितपुर महानगरलाई आगामी दुई वर्षभित्र नमूनास्तरको बनाउने दाबी गरे।
सोही कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले तीन तहकै सरकार मिलेर प्रकृति संरक्षण गर्नुपर्ने बताए। प्रकृति संरक्षण सहज नभएकाले तीन तहकै सरकारको समन्वय र सहकार्य हुन जरुरी रहेको उनको भनाइ छ।
“प्रकृति संरक्षणमा तीनै तहका सरकार, संघीय, प्रदेश र स्थानीय सरकारका कुरामा सबैसँग समन्वय, सहकार्य गरेर जानुपर्ने र कतिपय कुराहरू उहाँहरूको नीति तथा कार्यक्रममा भएका कुरालाई समेत यसमा समेटेर जानुपर्छ,” उनले भने।
उनले जैविक विविधताले भरिपूर्ण देश नेपालमा प्रकृति संरक्षण भने चुनौतीपूर्ण रहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
