प्यालेस्टिनी सैन्य समूह हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएकामध्ये चार नेपालीको शव इजरायल सरकारले तेल अविवस्थित नेपाली राजदूतावासलाई बुझाएको छ।
काठमाडौँ– इजरायलमा प्यालेस्टिनी सैन्य संगठन हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएकामध्ये चार नेपालीको शव तेल अविवस्थित नेपाली राजदूतावासलाई बुझाइएको छ।
नेपालबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत त्यहाँ पुगेका नेपाली विद्यार्थीहरूमध्ये हमासको आक्रमणमा परी निधन भएका चार जनाको शव इजरायल सरकारले नेपाली दूतावासलाई बुझाएको हो।

सो क्रममा नेपाली राजदूत कान्ता रिजाल र इजरायल सरकारका प्रतिनिधिहरूले मृतकहरूप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए। शव शनिबार दिउँसोको १:२५ बजे फ्लाइदुबईको उडानबाट नेपाल पठाइने तयारी गरिएको राजदूत रिजालले बताइन्।
उनका अनुसार इजरायलबाट फ्लाई दुबईको उडान नम्बर एफजेड १२१० मार्फत दुबईसम्म तत्पश्चात् फ्लाई दुबईकै उडान नम्बर एफजेड ८३५१ मार्फत काठमाडौँसम्म पुग्ने गरी व्यवस्था मिलाइएको छ।

उडान तालिकाअनुसार ती शव आइतबार बिहान काठमाडौँ पुग्ने जानकारी दिइन्। हमासको आक्रमण परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। अन्य शव पहिचानको क्रममा रहेको उनको भनाइ छ।
अक्टोबर ७ का दिन हमासले अचानक इजरायलमा गरेको आक्रमणमा परी विदेशी तथा इजरायली नागरिक गरी १२ सयभन्दा बढीले ज्यान गुमाएका छन्। इजरायलले गरेको जवाफी हमलामा गाजा क्षेत्रमा २५ सयभन्दा बढी मानिस मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। विभिन्न देशका २५० जनालाई हमासले बन्धक बनाएको बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
