कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।

काठमाडौँ– नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

जसको प्रभावले पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो पनि पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। 

राति देशभरको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।