इच्छाकामना गाउँपालिका–२ का चेपाङ अगुवा पदमबहादुर चेपाङले आफ्नो समुदायमा ९० प्रतिशतले ऋण सापटीमा चाडपर्व मनाउने गरेको बताए। अरूको देखासिकीले चाडपर्व भड्किलो बन्दै गएको उनको भनाइ छ।
चितवन– जिल्लाको ग्रामीण क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई दशैँ कसरी मनाउने भन्ने चिन्ताले सताएको छ।
कतिपयले ऋण काढेर दशैँ मनाउने तयारी गरेका छन्। यो समुदायका अधिकांशको आफ्नो उब्जनीले छ महिनालाई पनि पुग्दैन। गिठ्ठा, भ्याकुरलगायतका कन्दमूल खाएर जीविकोपार्जन गर्न बाध्य छन्।
इच्छाकामना गाउँपालिका–२ का चेपाङ अगुवा पदमबहादुर चेपाङले आफ्नो समुदायमा ९० प्रतिशतले ऋण सापटीमा चाडपर्व मनाउने गरेको बताए। अरूको देखासिकीले चाडपर्व भड्किलो बन्दै गएको उनले बताए।
“चेपाङ समुदायले परम्परागत रूपमा चाडपर्व मनाउने भए पनि अहिले केही भड्किलो बनेको छ। चाडपर्वका लागि ऋण काढेर गरेर गर्ने गरेको पाइन्छ,” उनले भने, “दशैँमा टीका लगाउने क्रममा दिदी–बहिनीलाई कोसेलीअनुसारको रकम दिनुपर्ने चलनले समेत समस्या परेको छ।”
अर्काको सिको गर्दा आर्थिक अवस्था झन् बिग्रिँदै गएको उनको भनाइ छ। “मासुदेखि खाद्यान्नसमेत उधारोमा ल्याएर दसैँ मान्ने गर्छन्। केहीले दशैँका लागि जोहो गरेको भए पनि अधिकांशको समस्या उस्तै छ,” उनले भने। इच्छाकामना–२ का वडाध्यक्ष पञ्चबहादुर प्रजा चेपाङ समुदायमा छ महिनासम्मका लागि खान मात्रै पुग्ने अन्न हुने भएकाले ऋण सापटीबाटै चाडपर्व मनाउने गरेको बताउँछन्।
अहिले ल्याएको ऋण माघ, फागुनमा तिर्ने गरी चाडपर्व मनाउने गरेको जनाउँदै उनले यसलाई रोक्न भड्किलोपन नियन्त्रण गर्नुपर्ने बताए। भने, “सोझा जाति भएकाले देखासिकी बढेको छ। यसलाई रोक्न हामीले प्रयास गरेका छौँ।”
परम्परागत रूपमा चाडपर्व मनाउने गरेको कालिका नगरपालिका–१२ का चेपाङ अगुवा नरजङ प्रजाको भनाइ छ। चाडपर्वका लागि साहुसँग ऋण लिएर मनाउनुपर्ने बाध्यता रहेको उनले सुनाए। पहाडी क्षेत्रमा सिँचाइको व्यवस्था नहुने भएकाले कोदो र मकै भए पनि धान चामल नहुने भएकाले साहुसँग ऋण गर्नुपर्ने बाध्यता छ। “मास, गहत, कोदो, मकै, तोरी खसीबाख्रा बेचेर तिरौला भनेर ऋणधन गरेर दशैँ मनाउनुपर्ने अवस्था छ,” उनले भने, “चाडपर्वमा गरेको खर्च तिर्नका लागि नै माघ–फागुनसम्म कुर्नुपर्छ।”
चितवन, मकवानपुर, धादिङ, गोरखा, तनहुँ, लम्जुङलगायत जिल्लामा चेपाङ समुदायको बसोबास छ। २०६८ को जनगणनाअनुसार नेपालमा यो समुदाय ६८ हजार ३९९ जना छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
