मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँ खण्डलाई दुई भागमा विभाजन गरी काम भइरहेको छ। दुवै खण्डको प्रगति १५ प्रतिशत मात्रै छ। जसका कारण यात्रा सहज छैन।
काठमाडौँ– पृथ्वी राजमार्ग बिस्तारको कामले दशैँको बेलामा यात्रुले सास्ती भोग्नु परेको छ। नेपालकै प्रमुख पर्यटकीय गन्तव्य रहेको पोखरा र आसपासका जिल्लालाई सडक सञ्जालमा जोडेको पृथ्वी राजमार्ग नेपालकै व्यस्त सडकमा पर्छ।

घाम लागेको बेला सडकबाट उडेको धुलोले अगाडी यात्रा गरिरहेका सवारी देख्न मुस्किल पर्छ। मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँ खण्डलाई दुई भागमा विभाजन गरी काम भइरहेको छ। जसका कारण यात्रा सहज छैन। दुवै खण्डको हालसम्मको प्रगति १५ प्रतिशत मात्रै छ।

सडकको अवस्थाले समस्या खेप्नु परेको यात्रु बताउँछन्। दशैँको समयमा बर्सेनि काठमाडौँ बाट घर फर्किने गरेका दमौलीका रमेश ढकालले यो वर्षको यात्रा कठिन भएको बताए। “ठेकेदारले बाटो नबनाउँदा समयमा घर पुग्न सकिएन,” उनले भने, “पहिले मुग्लिनदेखि दमौली पुग्न करिब २ घण्टा लाग्थ्यो। अहिले हिलाम्मे र धुलाम्मे सडकका कारण ६ घण्टा लग्यो।” ठेकेदारले ठाउँठाउँमा खनेर छाडेका कारण सडक धुलाम्मे छ। नाली थुनिएर कतिपय स्थानमा हिलो रहेको ढकालले बताए।

पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको भौतिक प्रगति १५.५ प्रतिशत मात्रै छ। त्यस्तै जामुने–पोखराखण्डको प्रगति ४.१ प्रतिशत मात्रै छ। यो खण्डमा कामको गति झनै सुस्त छ। यहाँ भित्ता काट्ने र पर्खाल लगाउने काम भइरहेको छ। चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ। बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ।

डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ। दुलेगौँडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ।



Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
