हरेक वर्ष दशैँको सातौँ दिन गोरखा दरबारबाट पठाइएको फूलपाती हर्षबढाइँका साथ काठमाडौँस्थित हनुमानढोका दरबारमा भित्र्याउने प्रचलन छ।
गोरखा– गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ।
विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले फूलपातीसहितको डोली पठाएका हुन्। डोली सरकारी गाडीमा राखेर पठाइएको गोरखा दरबारका मूलपुरोहित शारदाप्रसाद भट्टराईले जानकारी दिए।
गोरखाबाट पठाइएको फूलपाती साँझ हर्षबढाइँका साथ हनुमानढोका दरबारमा भित्र्याउने प्रचलन छ। गोरखा दरबारको दशैँघरमा पनि आजै साँझ फूलपाती भित्र्याइन्छ।
तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज शुरू गरेदेखि बर्सेनि बडादशैँको सातौँ दिन गोरखा दरबारको दशैँघरबाट फूलपातीसहितको डोली हनुमानढोका दरबारमा पुर्याएर भित्र्याउने प्रचलन रहँदै आएको उनले बताए।
गोरखा दरबारको दशैँघरबाट फूलपातीको डोली दरबारका सुसारेहरूले बोकेर ल्याई गाडीमा राखेर पठाइएको हो।
दरबारस्थित दशैँघरबाट बाजागाजासहित र्याली निकाली गोरखाबाट फूलपातीको बिदाइ गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
