बाख्रापालन गरेर जीवन धानेका डडेलधुराको भित्री मधेशका किसान प्रत्येक वर्ष खसीबोका बेच्न तराई झर्ने गर्छन्।
कञ्चनपुर– दशैँमा खसीबोका बिक्री नहुँदा किसान निराश बनेका छन्। डडेलधुराको भित्री मधेश क्षेत्रबाट खसीबोका लिएर महेन्द्रनगर पुगेका किसान बिक्री नहुँदा चिन्तित बनेका हुन्।
परशुराम नगरपालिका–८ जोगबुढाका किसान खसीबोका बिक्री गर्न दुई दिन पैदल हिँडेर महेन्द्रनगर झरेका छन्। बाख्रापालन गरेर जीविकोपार्जन गर्दै आएका उनीहरूलाई गतिलो व्यापार नहुँदा घरखर्च जोहो गर्न सकस परेको छ।
“खसीबोकाको व्यापार हुनसकेको छैन, विगतका दशैँमा सजिलै घरखर्च चलाउँथ्यौँ,” जोगबुढाका किसान जिते धामीले भने, “आम्दानीको स्रोत बाख्रापालन हो, बिक्री भएन। दशैँ मनाउने खर्च नै जुटेन।”
बिक्री भइहाले पनि उचित मूल्य नपाउँदा किसान मारमा परेका छन्। भारतबाट आयात हुने खसीबोकाका कारण नेपाली उत्पादन बिक्री हुन नसकेको धामीको भनाइ छ। “भारतबाट सहजै खसीबोका आउँछन्, नेपाली बजारमा तिनै खसीबोका बेचिन्छन्,” उनले भने, “बजारको उचित व्यवस्थापन नहुँदा खसीबोका बेच्न सकस छ, कोही किन्न आइहाले पनि मोलमोलाइ बढी गर्छन्, मोल नै पाउँदैनौँ।”
असोज ३० गते उनले १३ खसीबोका बिक्रीका लागि महेन्द्रनगर ल्याएका थिए। तीमध्ये तीन दिनसम्म दुईवटा खसीमात्रै बिक्री भएको धामीको भनाइ छ। बाख्रापालन गरेर जीवन धानेका डडेलधुराको भित्री मधेशका किसान प्रत्येक वर्ष खसीबोका बेच्न तराई झर्ने गर्छन्। गाउँबाट उधारोमा संकलन गरेर ल्याएका खसीबोका बिक्री नहुँदा ऋण काढेर पैसा तिर्नुपर्ने अवस्था आएको अर्का किसान देव धामीले सुनाए।
“खसीबोका केही हामीले पालेका छन्, केही गाउँलेबाट बिक्री गरेपछि पैसा दिनेगरी उधारोमा ल्याएका छन्,” उनले भने, “केही पैसा आउँला भनेर गरियो, ऋण लाग्ने अवस्था छ।” परशुरामबाट नौजना किसानले १५० खसीबोका बिक्रीका लागि महेन्द्रनगर पुर्याएका थिए। तीमध्ये अहिलेसम्म ५० मात्रै बिक्री भएको छ।
महेन्द्रनगरमा बस्ने व्यवस्था नहुँदा आफूहरूलाई समस्या भएको गोरे धामीले गुनासो गरे। “अहिले भीनपा–४ को वडा कार्यालयमा आश्रय लिएर बसेका छौँ, बस्ने र खसीबोका राख्ने ठाउँ छैन,” उनले भने, “त्यसैले समस्या छ, ठाउँ उपलब्ध गराए त्यसबापतको पैसा तिर्न पनि तयार थियौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
