कालीगण्डकी किनारमा बालुवा चाल्ने मजदुरलाई दशैँ आएको आभास छैन। दशैँले गाउँ रमाइरहेका बेलामा यहाँका मजदुरलाई भने छाक कसरी टार्ने भन्ने चिन्तामा छन्।
बागलुङ– गाउँ शहरमा दशैँ छाइसकेको छ। धेरैलाई दशैँको निनमेल गर्न भ्याइनभ्याइ छ। शहर–बजार गएकाहरू गाउँ फर्किसकेका छन्।
तर, कालीगण्डकी किनारमा बालुवा चाल्ने मजदुरलाई दशैँ आएको आभास छैन। दशैँले गाउँ रमाइरहेका बेलामा यहाँका मजदुर भने त्यो रमाइलोको साक्षी बन्न नपाएको अवस्था छ।
“दशैँ यतै बित्ने भयो,” कास्कीको मादी गाउँपालिकाकी मिना दर्जीले भनिन्, “पैसा नभइ दशैँ कसरी मनाउनु?” पिठ्युँमा सात महिने छोरी बोकेर दिनभर बालुवा उठाउने मिनालाई दशैँमा पनि बिहान बेलुकाको छाक टार्नेमै चिन्ता छ। त्यसैले यस वर्षको दशैँ कालीगण्डकी किनारमै बित्ने उनले बताइन्।
मिनालगायत धेरै मजदुर पनि यति बेला कालीगण्डकी किनारमा काम गर्नै व्यस्त छन्। गाउँ घरमा दशैँ छाए पनि उनीहरू भने काम कसरी सक्ने भन्नेमा नै छन्। केही मजदुर भने कात्तिक छ गतेसम्म काम गरी दशैँ मनाउन घर जाने योजनामा पनि छन्। “यहाँ काम गर्ने धेरै साथीहरू दशैँका लाग घर गइसक्नु भयो, केही काममै व्यस्त छौँ। मेरा लागि यसपाली घर जाने वातावरण बनेन,” मिनाले भनिन्।
पहिले बालुवा बिक्री राम्रो भए पनि अहिले भने खासै नभएको उनको भनाइ छ। “पहिले त बालुवा बिक्री राम्रो थियो। दिनमा एक हजार ५०० देखि दुई हजार रुपैयाँसम्म कमाइ पनि हुन्थ्यो, तर अहिले त्यस्तो राम्रो कमाइ छैन,” उनले भनिन्।
काली किनारमै बालुवा चाल्ने विमल सुनारले यसपाली आफूलाई दशैँले नछोएको बताए। “दशैँमा गाउँ जाने रहर थियो तर खर्च नै बढी हुने भएपछि घर गइन,” उनले भने, “बिरामी भएर अस्पताल बस्दा लागेको पाँच लाख ऋण तिरिसकेको छैन, ऋण नतिरी कसरी घर जानु?”
मध्यपहाडी लोकमार्गको अक्षते खण्डमा मजदुरीमा व्यस्त रोल्पा छुनछहारीका पदम बुढा मगरसँग पनि दर्जी र सुनारको जस्तै पीडा छ। “दशैँमा भने जस्तो खर्चको जोहो भएन, तिहारसम्म केही बचत भए घर जाने विचारमा छु, यसपालीको दशैँ यतै मनाइने भइयो,” उनले भने।
डेढ वर्ष भारतमा मजदुरी गरेपछि केही समय अघि मात्रै उनी यहाँ आएका हुन्। उनी भन्छन्, “भारतमा राम्रो कमाइ नभएपछि यहाँ आएको हुँ, यहाँ पनि भने जस्तो कमाइ छैन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
