घटस्थापनायता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक ५०० उडान भइरहेको र १६ हजारदेखि १७ हजार यात्रुले आवतजावत गरिरहेका छन्।
काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७३ वर्षपछि पहिलो पटक पूर्ण क्षमतामा सञ्चालनमा आएको छ।
दशैँ शुरू भइसकेको र पर्यटकीय याम पनि भएकाले विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुबैतर्फ हवाई उडान बढेको हो।
पछिल्लो दुई दिनदेखि हालसम्मकै धेरै अन्तर्राष्ट्रिय उडान भएको विमानस्थल कार्यालयले जनाएको छ। सामान्यतया: दैनिक दुईतर्फी ९० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने गरेकामा पछिल्ला दिनमा दैनिक दुईतर्फी ११० देखि ११३ उडान/अवतरण भएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए।
उनका अनुसार दसैँको घटस्थापनायता दैनिक हवाई उडानमार्फत १६ हजारदेखि १७ हजार यात्रु आवतजावत गरिरहेका छन्। असोज २९ गते अन्तर्राष्ट्रिय उडानतर्फ ११३ उडान भएका थिए। जुन एक दिनमा भएको अहिलेसम्मकै बढी उडान संख्या हो। असोज ३० गते ११० र कात्तिक १ देखि ३ गतेसम्म दैनिक ११० भन्दा बढी अन्तर्राष्ट्रिय उडान भइरहेका छन्।
“विमानस्थलको उडान इतिहासमा यो सबैभन्दा बढी उडान हो। चाडपर्व र पर्यटकीय सिजनले पनि अन्तर्राष्ट्रिय र आन्तरिक उडान चाप बढिरहेको छ,” महाप्रबन्धक तिवारीले भने, “अन्तर्राष्ट्रिय उडानतर्फ ‘वीन्टर सिजन’का लागि बढी उडानको माग छ।” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्।
अहिले आन्तरिकतर्फ दुईतर्फी दैनिक ३७० उडानमार्फत करिब १४ हजार यात्रुले सेवा लिइरहेका छन्। आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गरी झन्डै ५०० उडान भइरहेको उनको भनाइ छ। “यो उडान निकै बढी हो, विमानस्थल स्थापनायता हालसम्मकै बढी उडान र यात्रु आवतजावत भइरहेका छन्,” उनले भने।
विमानस्थल कार्यालयका अनुसार कात्तिक १ गते बुधबार मात्रै आन्तरिकतर्फ १५ हजार बढीले हवाई यात्रा गरेका थिए। उक्त दिन बुद्ध एयरले मात्रै आठ हजार ९०० यात्रुलाई सेवा दिएको थियो। नेपाल वायुसेवा निगमको आन्तरिक उडानका विभिन्न गन्तव्यमा यात्रु भरिभराउ छन्। दुई थान ट्वीनअटर जहाज मात्रै रहेको निगमको आन्तरिक उडानमा सर्वाधिक माग रहे पनि जहाजको सीमितताले थोरै संख्यामा देशका दुर्गम भेगमा उडान भइरहेको छ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अहिले आन्तरिकतर्फ देशका विभिन्न १६ गन्तव्यमा दैनिक २२ वटा उडान गर्दै आएको छ। यस्तै, विमानस्थलको प्रतिघण्टा अन्तर्राष्ट्रियतर्फ एक हजार ५०० र आन्तरिकतर्फ हरेक घण्टा ५०० यात्रु व्यवस्थापन गर्ने क्षमता छ।
कोभिडपछि विमानस्थलमा निरन्तर हवाई उडान र यात्रु संख्या बढिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले बताए। नेपालकै पुरानो अन्तर्राष्ट्रिय विमानस्थलको पुरानो नाम गौचर मैदानलाई हवाई मैदानका रूपमा प्रयोग गर्न सन् १९४९ बाट शुरू गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
