चार वर्षकाे निर्वासनपछि पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ स्वदेश फिर्ता

पाकिस्तानमा चुनावको चर्चा चलिरहेका बेला नवाजको आगमनले त्यहाँको राजनीतिक वृत्तमा तरंग ल्याएको छ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ लन्डनमा चार वर्षको निर्वासनपछि पाकिस्तान फर्किएका छन्। मुस्लिम लिग एनका नेता समेत रहेका नवाज शनिबार इस्लामाबाद पुगेका बीबीसीले जनाएको छ।

पाकिस्तानको एक अदालतले नवाज र उनकी छोरी मरियमलाई भ्रष्टाचार मुद्दामा क्रमशः १० वर्ष र ७ वर्षको जेल सजाय सुनाएको थियो। सन् २०१९ मा भ्रष्टाचार मुद्दामा जेल सजायबाट बच्न नवाज उपचारको बहानामा पाकिस्तान छोडेर लन्डन गएका थिए। तर अहिले पाकिस्तानमा चुनावको चर्चा चलिरहेको बेला उनी पाकिस्तान फर्किएका छन्।

नवाज सरिफकी पत्नी कुलसुम नवाज लन्डनमा अस्पतालको श्यैमा क्यान्सरसँग लड्दै छिन्। पाकिस्तानमा आम निर्वाचनको समय आएको छ। इमरान खान र उनको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)चुनावको तयारीमा छन्। यहीबेला नवाजको आगमनले चुनावी तथा राजनीतक वृत्तमा तरंग ल्याएको छ। तर यस्ताे अवस्थामा नवाज चुनाव लड्न सक्षम हुनेछन् कि छैनन् भन्ने प्रश्न उठेको छ।