असन्तुष्ट समूहले शनिबार ललितपुरस्थित एक होटलमा पत्रकार सम्मेलन आयोजना गर्दै निर्वाचनको परिणाम नमान्ने र अहिलेकै बन्दसत्रबाट नयाँ बाटो तय गर्नुपर्ने जनाएको छ।
काठमाडौँ– गैरआवासीय नेपाली संघ एनआरएनएको पराजित समूहले निर्वाचन परिणाम अस्वीकार गर्ने दोहोर्याएको छ।
असन्तुष्ट समूहले शनिबार ललितपुरस्थित एक होटलमा पत्रकार सम्मेलन आयोजना गर्दै निर्वाचनको परिणाम नमान्ने र अहिलेकै बन्दसत्रबाट नयाँ बाटो तय गर्नुपर्ने जनाएको छ। पत्रकार सम्मेलनमा अध्यक्षमा पराजित भएका आरके शर्माले परिणाम नमान्ने दोहोर्याउँदै मतपरिणाममा भएको त्रुटीबारे १५ दिनभित्र अनुसन्धान गर्ने सहमति विजयी पक्षले तोडेको आरोप लगाए।
"१४ दिनभित्र अनुसन्धान गर्ने र कुनै गल्ति भेटिए पुनःमतदान गर्न उहाँहरू पनि सहमत हुनुभएको थियो। तर, आज नाटकीयरूपमा बिहानै आतुरी गरेर शपथग्रहण गर्नुभयो। यो जालसाजी हो," शर्माले भने, "उहाँ आफूले आफूलाई अध्यक्ष घोषणा गर्नुभएको छ, तर उहाँ अध्यक्ष होइन।"
सहमति विपरीत आजै शपथ खानुले धाँधली भएको पुष्टि हुने उनको तर्क छ। यही सम्मेलनको बन्दसत्रलाई निरन्तरता दिन र नयाँ बाटो तय गरेर जान उनको आग्रह छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
