काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस

दशैँको रमझममा रहेकाहरूलाई बिहानैको भूकम्पको धक्काले झस्काएको छ।

काठमाडौँ– काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ। आइतबार बिहान ७:४० मा भूकम्पको धक्का महसुस गरिएको हो।

दशैँको रमझममा रहेकाहरूलाई बिहानैको भूकम्पको धक्काले झस्काएको छ। विस्तृत विवरण भने आउन बाँकी छ।

पछिल्लोपटक बझाङ केन्द्रबिन्दु भएर पटकपटक भूकम्प गइरहेको छ।