दशैँले सुनसान बने काठमाडौँका सडक

दशैँ मनाउन लाखौँको संख्यामा मानिसहरू काठमाडौँ उपत्यकाबाट बाहिरिँदा राजधानीका सडक रित्ता र सुनसान बनेका हुन्। 

काठमाडौँ– काठमाडौँ उपत्यकामा सधैँजसो सवारीको चापले व्यस्त रहने सडकहरू अहिले खुला छन्।

अधिकांश समय सवारीजाममा पर्ने थापाथली पुल खाली देखिन्छ। सवारी व्यवस्थापनमा व्यस्त रहने ट्राफिक प्रहरी यतिबेला सडक छेउमा बसेर आराम गरिरहेका भेटिन्छन्। 

दशैँ मनाउन लाखौँको संख्यामा मानिसहरू काठमाडौँ उपत्यकाबाट बाहिरिँदा राजधानीका सडक रित्ता र सुनसान बनेका हुन्। 

बढ्दो सवारी चाप कम भई काठमाडौँको वातावरण शान्त र सुन्दर देखिन थालेको छ।