भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका–५ कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन्।
धादिङ– धादिङमा आइतबार बिहान गएको भूकम्पका कारण ज्वालमुखी गाउँपालिका–५ कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन्।
भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्रीले बताए। आइतबार बिहान ७:३९ मा धादिङको ज्वालमुखी गाउँपालिका–५ केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प गएको थियो।
त्यसपछि पटक–पटक चार म्याग्निच्यूडभन्दा माथिका परकम्प गएका कारण मानिसहरू घर बाहिर बसेको स्थानीय राजेश अधिकारीले बताए।
चर्किएका घरहरूको विस्तृत विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तुलालप्रसाद जैसवारले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
