दशैँका अवसरमा महाअष्टमीको दिन राष्ट्र प्रमुखले पलान्चोकसहित नवदुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गर्ने परम्परा छ।
काभ्रेपलाञ्चोक– राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँअन्तर्गत महाअष्टमीको अवसरमा आइतबार काभ्रेपलान्चोकको पलान्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेका छन्।
राष्ट्रपति पौडेल पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित पलान्चोक भगवती मन्दिरमा दर्शन गर्न बिहान पाँचखाल पुगेका हुन्। दशैँका अवसरमा महाअष्टमीको दिन राष्ट्र प्रमुखले पलान्चोकसहित नवदुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गर्ने परम्परा छ।

राष्ट्रपति पौडेललाई मन्दिरमा दर्शनार्थीले स्वागत गरेका थिए। पलान्चोक भगवतीको मन्दिर नेपालमा रहेका भगवतीको मन्दिरमध्ये सबैभन्दा पुरानो मन्दिरका रूपमा परिचित छ।
पलान्चोक भगवतीको मन्दिर करिब एक हजार ६५५ वर्ष पहिले निर्माण भएको हो। पलान्चोक भगवतीलाई भगवतीको जेठी दिदीको रूपमासमेत लिने गरिन्छ। किंबदन्तीअनुसार नमोबुद्ध नगरपालिकास्थित बुच्चाकोट भन्ने स्थानमा रहेको पलान्चोक भगवतीको मूर्ति एक रात स्थानीय बृद्धको सपनामा प्रकट भई आफू रहेको स्थानबाट उत्तरतर्फ सार्न आग्रह गरेका थिए।
सोहीअनुसार भगवतीको मूर्तिलाई उत्तरतर्फ लैजाने क्रममा हालको मन्दिर रहेको स्थानमा पुग्दा रात परेपछि त्यहीँ बास बसेका थिए। भोलिपल्ट बिहान त्यहाँबाट मूर्तिलाई अन्यत्र लैजान खोज्दा ६० घरधुरीको मद्दतबाट पनि भगवतीको मूर्ति बोक्न नसकेपछि सोही स्थानमा राखी पूजाआजा गर्दै आएको मन्दिरका पुजारी शैलेश्वर बज्राचार्यले बताए।
पलान्चोक शक्तिपीठमा विशेष गरी दशैँ, माघे–सङ्क्रान्ती र वैशाख पूर्णिमामा भक्तजनको ठूलो भीड हुने गर्छ। यहाँ भक्तजनको मनोकामना पूरा हुने विश्वास गरिँदै आइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
