अहिले गाजामा मानवीय सहायताको अत्याधिक आवश्यकता छ। इजिप्टपट्टिको रफाह बोर्डर खुलेसँगै २० वटा सहायता ट्रक गाजा प्रवेश गरेका छन्। तर अहिलेको आवश्यकता हेर्दा यो सहायता निकै कम भएको बताइएको छ।
इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीच जारी युद्ध तत्कालै रोकिने कुनै संकेत देखिएको छैन। समाचार एजेन्सी एएफपीका अनुसार शनिबार राति मात्रै इजरायली सेनाको आक्रमणमा परेर गाजामा ५५ प्यालेस्टिनीको ज्यान गएको छ।
गएको मंगलबार गाजास्थित अल अहली अस्पतालमा भएको आक्रमणमा परेर ५०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएसँगै यो युद्धले झन् भयानक रूप लिएको छ। इजरायलले गाजा भूमिमा बमबारी गरिरहेको छ। इजरायलको प्रतिआक्रमणमा निर्दोष प्यालेस्टिनीहरू हताहत भइरहेको अवस्था छ।
यही अक्टोबर ७ देखि शुरू भएको हमास इजरायलबीचको यस युद्धमा अहिलेसम्म साढे चार हजार प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् भने १५ हजारभन्दा धेरै घाइते भएका छन्। हमासको आक्रमणमा इजरायलमा १४०० जनाको मृत्यु भएको छ। जसमा १० जना नेपाली पनि परेका थिए।
इजरायलले गाजा क्षेत्रमा आक्रमण बढाउने भन्दै त्यहाँका नागरिकलाई उक्त क्षेत्र छाडेर अन्यत्र जान भनिरहेको छ। योबाहेक इजरायलले आफ्नो नियन्त्रणमा लिएको प्यालेस्टायनकै भूमि वेस्टबैंकका केही क्षेत्रमा पनि घातक हमला गरिरहेको छ। यहीबीच लेबनान र सिरिया पनि युद्धमा अघि सरेका छन्। सिरियाली राष्ट्रपति बसर अल असदले गाजमाथिकाे आक्रमणपछि इजरायलले ठूलो मूल्य चुकाउनुपर्ने भनिसकेका छन्। असदले सिया शासन भएका मुलुक इरान, इराक, लेबनान आदिसँग युद्धको विषयमा संवाद गरेका छन्। लेबनानको विद्रोही समूह हिज्बुल्लाहले पनि इजरायलको उत्तरी सीमामा इजरायललाई निशाना बनाइरहेको छ। इजरायल पनि हिज्बुल्लाहसँग जुधिरहेको छ। पछिल्लो केही दिनदेखि इजरायलको उत्तरी सीमामा पनि गोलाबारी भइरहेको छ।
जिज्बुल्लाह लेबनानका साथै सिरियामा पनि सक्रिय मानिन्छ। सिरियाली विमानस्थलबाट हिज्बुल्लाहको लागि हतियार पठाउन सिरियाली विमानस्थलको प्रयोग गरिएको भन्दै इजरायलले सिरियाकै विमानस्थलमा आक्रमण गरिरहेको छ। सिरियाली अरब समाचार एजेन्सीका अनुसार शनिबार राति सिरियाका दमिस्क तथा एलेप्पो अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई हमला भएका छन्। यस आक्रमणका कारण विमानस्थलको रनवे क्षतिग्रस्त बनेको छ भने हवाई उडान रोकिएका छन्। दमिस्क विमानस्थलमा कम्तिमा दुई जनाको ज्यान गएको बताइएको छ। अघिल्लो हप्ता पनि इजरायलले दुवै विमानस्थललाई निशाना बनाएको थियो।
इजरायली सेनाले हिज्बुल्लाहले खतरनाक खेल खेलिरहेको बताएको छ। इजरायल डिफेन्स फोर्सेसका प्रवक्ता जोनाथन कनरिकसले इजरायली उत्तरी सीमाको अवस्थाबारे जानकारी गराएका छन्। उनले भनेका छन्, "हिज्बुल्लाह निकै खतरनाक खेल खेलिरहेको छ, स्थितिलाई बिगार्ने काम गरिरहेको छ।" उनले हिज्बुल्लाहको हमला दिनप्रतिदिन बढीरहेको बताएका छन्। उत्तरी क्षेत्रमा हिज्बुल्लाहको आक्रमण बढेसँगै इजरायलले त्यहाँबाट आफ्ना नागरिकलाई अन्यत्र सारेको छ।
हमास र इजरायलबीचको युद्धमा विश्व दुई ध्रुवमा विभाजित जस्तै भएको छ। मध्यपूर्वी मुस्लिम देशहरू एकतृत भएका छन् भने इजरायलको पक्षमा अमेरिका बेलायत उभिएका देखिन्छन्। अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री ऋषि सुनकले दुई दिन पहिले मात्रै इजरायलको भ्रमण गरेका थिए।
अहिले गाजामा मानवीय सहायताको अत्याधिक आवश्यकता छ। इजिप्टपट्टिको रफाह बोर्डर खुलेसँगै शनिबार राति २० वटा सहायता ट्रक गाजा प्रवेश गरेका छन्। तर अहिलेको आवश्यकता हेर्दा यो सहायता निकै कम भएको बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
