पछिल्लाे समय लेबनानसँगको सीमा क्षेत्रमा त्यहाँको विद्राेही समूह हिज्बुल्लाहको आक्रमण बढीरहेकाले दूतावासले त्यस क्षेत्रमा रहेका नेपालीलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
काठमाडाैँ– इजरायलकाे उत्तरी क्षेत्रमा कार्यरत नेपालीहरूलाई सतर्कता अपनाउन तेल अविवस्थित नेपाली दूतावासले आग्रह गरेको छ। पछिल्लाे समय लेबनानसँगको सीमा क्षेत्रमा त्यहाँको विद्राेही समूह हिज्बुल्लाहको आक्रमण बढीरहेकाले दूतावासले सतर्कता अपनाउन भनेको हो।
इजरायलको दक्षिणी क्षेत्रको अशान्तिसँगै हाल उत्तरी लेबनानसॅगको सीमा क्षेत्रमासमेत रकेट तथा मिसाइल प्रहारका घटना बढीरहेका छन्। योसँगै इजरायलको किर्यात समोनासहितका क्षेत्रबाट मानिसलाई अन्यत्र सार्न शुरू गरेको छ। त्यसैले उक्त क्षेत्र आसपास बस्ने नेपालीहरूलाई पनि स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न दूतावासले सचेत गराएको हो। आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ सचेत रहन दूतावासले अनुरोध गरेको छ।
यस्तै, सुरक्षित आश्रयस्थल नभएका तथा विभिन्न हिसाबले अप्ठ्यारोमा परेकाहरूलाई पनि दूतावासमा तुरुन्त जानकारी गराउन भनेको छ। दूतावासको वेबसाइटमा राखिएको तथ्यांक संकलन फारम भर्न दूतावासले इजरायलमा रहेका सबै नेपालीलाई आग्रह गरेको छ। परिस्थिति बिग्रॅदै गएर कुनै आकस्मिक निर्णय गर्नुपर्ने भएमा त्यहाँ बस्ने हरेक नेपालीसम्म सहजै पुग्न सकियोस् भन्ने हेतुले दूतावासले विस्तृत विवरण संकलन कार्य गरिरहेको छ। यसअघि स्वदेश फर्कन चाहनेहरूको मात्रै विवरण माग भएकोमा यो आवेदन फारम भने सबैका लागि भएको दूतावासले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
