फ्लाई दुबईको विमानमार्फत आइतबार नेपाल ल्याइएका चार वटै शवलाई आजै नेपाली सेनाकाे हेलिकोप्टरमार्फत धनगढी पुर्याइएको हो।
काठमाडाैँ– इजरायलमा युद्धमा परी मृत्यु भएका ४ नेपाली विद्यार्थीको शव धनगढी पुर्याइएको छ।
नेपाली सेनाकाे हेलिकोप्टरमार्फत शवहरूलाई धनगढी पुर्याइएको हो। गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये चारको शव फ्लाई दुबईको विमानमार्फत आइतबार नेपाल ल्याइएको थियो।
परराष्ट्र मन्त्रालयका अनुसार दार्चुला मालिकार्जन-४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम-५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ-३ का आशीष चौधरीको शव नेपाल ल्याइएको हो।
सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरू इजरायल गएका थिए। उनीहरू गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए।
उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा बझाङ जयपृथ्वी-६ का गणेशकुमार नेपाली, धनुषा सापही-६ का आनन्द शाह, सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली-३ का राजन फुलारा, डोटी लामीखाल-८ का पदम थापा र सल्यान सारदा-३ का प्रवेश भण्डारी छन्। सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त-३ का विपीन जोशी सम्पर्कबिहीन छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
