ब्राजिलको अमेजन जंगलको केही भागमा अत्याधिक खडेरीका कारण त्यहाँका नदीको पानीको सतहमा नाटकीय गिरावट आएको छ।
ब्राजिलको अमेजन जंगलको केही भागमा अत्याधिक खडेरीका कारण त्यहाँका नदीको पानीको सतहमा नाटकीय गिरावट आएको छ। यसले करिब दुई हजार वर्ष पुरानो हुनसक्ने ठानिएको जलमग्न दर्जनौँ चट्टानमा मानव आकृति देखिएका छन्।
अमेजनको सबैभन्दा ठूलो सहर मनाउसका लामो समयदेखिका निवासी लिभिया रिबेरोले साथीहरूबाट चट्टानमा मानव आकृतिका बारेमा सुनेको र हेर्न चाहेको बताए। “मलाई यो झुट हो जस्तो लागेको छ, मैले यसलाई कहिल्यै पनि देखेकी थिइनँ, म मनाउसमा २७ वर्षदेखि बस्दै आएकी छु,” उक्त आकृति हेरेपछि प्रशासक रिबेरोले भने।
नदीमा पानी भरी हुँदा चट्टानका आकृतिहरू सामान्यतया देखिँदैनन्। त्यहाँको निग्राे नदीको जलप्रवाह गत साता एक सय २१ वर्षमा सबैभन्दा कम स्तरमा रेकर्ड गरिएको थियो। नदी किनारमा आकृतिहरू सहितको सतहले वैज्ञानिक र सर्वसाधारणलाई खुसी प्रदान गरेको छ तर चिन्ता गर्ने प्रश्न पनि दिएको छ।
“हामी आउँछौँ, आकृति देख्छौँ र हामीलाई ती सुन्दर लाग्छन् तर यो चिन्ताजनक पनि छ, मलाई यो नदी ५० वा एक सय वर्षमा अस्तित्वमा रहन्छ र भन्ने लाग्छ,” रिबेरोले भने। ब्राजिलको अमेजनमा खडेरीका कारण हालैका साताहरूमा नदीको जलस्तर अत्यन्त कम भएको छ जसबाट यो क्षेत्र प्रभावित भएको छ। यो जल यातायात र आपूर्तिका लागि जलमार्गको सञ्जालमा निर्भर छ।
ब्राजिल सरकारले उक्त क्षेत्रमा आपत्कालीन सहायता पठाएको छ। त्यहाँ सामान्यतया नदीका किनारा सुक्खा हुन्छन् र फँसेका डुंगाहरूले भरिएका हुन्छन्। विज्ञहरूका अनुसार यस वर्ष अल निनोका कारण प्रशान्त महासागरमा रहेको अनियमित जलवायु खराब भएको छ र यसबाट जलवायु परिवर्तनको असर बढेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
