नेपाली सेनाको स्काइ ट्रकमार्फत् शवलाई धनगढी विमानस्थलमा पुर्याइएको थियो।
काठमाडाैँ– इजरायलमा भएको हिंसात्मक घटनामा मृत्यु भएका सुदूरपश्चिम प्रदेशका चार विद्यार्थीको शव धनगढी विमानस्थलमा आइतबार मृतकका आफन्तलाई बुझाइएको छ।
कैलालीको जोशीपुर गाउँपालिकाका आशिष चौधरी, घोडाघोडी नगरपालिकाका नरायणप्रसाद न्यौपाने, दार्चुला मल्किार्जुन गाउँपालिकाका लोकेन्द्रसिंह धामी र दार्चुला घर भई कञ्चनपुर निबुवाखेडाका दीपेशराज बिष्टको शव आफन्तलाई बुझाइएको हो। नेपाली सेनाको स्काइ ट्रकमार्फत् शवलाई धनगढी विमानस्थलमा पुर्याइएको थियो। शव बुझ्न मृतकका आफन्त धनगढी विमानस्थलमा पुगेका थिए।
गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये चारको शव फ्लाई दुबईको विमानमार्फत आइतबार नेपाल ल्याइएको थियो। कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, जिल्ला प्रहरी प्रमुखलगायतको उपस्थितिमा शव आफन्तलाई बुझाइएको हो।
उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा बझाङ जयपृथ्वी-६ का गणेशकुमार नेपाली, धनुषा सापही-६ का आनन्द शाह, सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली-३ का राजन फुलारा, डोटी लामीखाल-८ का पदम थापा र सल्यान सारदा-३ का प्रवेश भण्डारी छन्। सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त-३ का विपीन जोशी सम्पर्कबिहीन छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
