मृत्यु हुनेमा पाँच जना नवलपरासी(बर्दघाट सुस्ता पूर्व) र एक जना लमजुङका रहेका छन्।
पाल्पा– पाल्पाको रानीमहलबाट सदरमुकाम तानसेन जाँदै गरेको जीप रानीमहल सडकखण्डको बैकुण्ठेमा दुर्घटना हुँदा मृत्यु भएका ६ जनाको परिचय खुलेको छ।
मृत्यु हुनेमा पाँच जना नवलपरासी(बर्दघाट सुस्ता पूर्व) जिल्लाका रहेका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्त एवं प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार मृत्यु हुनेमा देवचुली–१६ रजहरका अन्दाजी ५६ वर्षकी पार्वती लोहनी, सोही ठेगानाका वर्ष ३५ की सबिता धिताल, सोही ठेगानाका ११ वर्षका सबिस लोहनी, अढाई वर्षका ईसव लोहनी र अन्दाजी ६५ वर्षका कृष्णबहादुर लोहनी रहेका छन्। अर्का एक जना लमजुङ बेंसीशहर वडा नं २ भकुण्डे बस्ने अन्दाजी ५५ वर्षीया चुना धिताल रहेकी छन्।
नवलपरासी देवचुली नपा–१६ रजहर का बस्ने ३६ वर्षका ईश्वरबहादुर लोहनी चालक गम्भीर घाइते भएका छन्। उनको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। आइतबार करिब ४ बजे तानसेन–१३ स्थित बैकुण्ठेभीरबाट कार १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
बागमती प्रदेश ०१–०२६–७२०९ नम्बरको कार दुर्घटना भएको हो। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता एवं प्रहरी निरीक्षक चन्दले बताए। दुर्घटना भएसँगै जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्मा नेतृत्वको टोली उद्धारमा खटिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
