तीन देखि चार वर्ष उमेरका च्याङ्ग्रा मासुका लागि बजार पठाउने गरिएको छ। हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राहरुले लेकाली जडीबुटी खाने भएकाले मासु पोसिलो र स्वादिष्ट हुने उपभोक्ताको अनुभव छ।
म्याग्दी– मुस्ताङबाट दशैँ पर्वलाई लक्षित गरेर २३ करोड मूल्य बराबरको च्याङ्ग्रा निकासी भएको छ।
म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौँलगायत जिल्लामा च्याङ्ग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ। केन्द्रका प्रमुख ऋषिराम पोखरेलले यस वर्ष दशैँका लागि पाँच हजार ७५५ च्याङ्ग्रा निकासी भएको जानकारी दिए।
“जोमसोमको नाकाबाट पाँच हजार ७५५ च्याङ्ग्रा निकासीका लागि स्वास्थ्य परीक्षण गरेर निरोगिताको प्रमाणपत्र जारी भएको छ,” उनले भने, “कृषकले बिक्री गरेको सरदर मूल्यलाई आधार मान्दा २३ करोड दुई लाख रुपैयाँ मूल्य बराबरको च्याङ्ग्रा निकासी भएको छ।”
मुस्ताङका कृषकले पालेका चार हजार र एक हजार ७५५ गोटा डोल्पा, मुगुबाट ल्याएका च्याङ्ग्रा निकासी भएको उनले बताए। असोजको २० गतेदेखि कात्तिक १ गतेसम्म च्याङ्ग्रा निकासी भएको थियो।
प्रतिगोटा च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेबापत पशु चिकित्सकलाई १५ रुपैयाँ शुल्क तिर्नुपर्छ। स्वास्थ्य परीक्षण गरेर निरोगी पशु मात्र एक जिल्लाबाट अर्को जिल्लामा लैजान पाइन्छ। च्याङ्ग्रा खरिद गर्नका लागि व्यापारी मुस्ताङका कृषकको गोठमा नै पुगेका थिए।
कृषकले प्रतिगोटा ४० हजार रुपैयाँको हाराहारीमा च्याङ्ग्रा बिक्री गरेको बताएका छन्। गत वर्ष छ हजार ६००, २०७८ मा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको संख्यामा मुस्ताङबाट भेडाच्याङ्ग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्यांक छ।
पछिल्लो ४ वर्षयता चिनियाँ च्याङ्ग्रा नआएको र मुस्ताङमा च्याङ्ग्रा कम भएकाले माग धान्न नसकेर मूल्य बढेको छोसेरका कृषक आङगेल गुरुङले बताए। तीन देखि चार वर्ष उमेरका च्याङ्ग्रा मासुका लागि बजार पठाउने गरिएको छ। हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राहरुले लेकाली जडीबुटी खाने भएकाले मासु पोसिलो र स्वादिष्ट हुने उपभोक्ताको अनुभव छ। दशैँतिहारमा च्याङ्ग्राको मासुको खपत बढी हुने गर्छ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा ४८ हजार च्याङ्ग्रा पालिएका छन्। ६५ वटा ठूला च्याङ्ग्रा फार्म छन्। लोमान्थाङ र लोघेकर दामोदरकुण्डका कृषकले ३० देखि ५० वटासम्म च्याङ्ग्रा पालेका छन्। हिमचितुवा, ब्वाँसो र जंगली कुकुरले च्याङ्ग्रालाई आक्रमण गरेर क्षति गर्ने गरेको छ।
तीन वर्षअघिसम्म प्रतिगोटा च्याङ्ग्राको २५ हजार रुपैयाँ थियो। कोरोना महामारीका कारण चिनिया कोरला नाकाबाट च्याङ्ग्रा आयत नभएकाले मुस्ताङको च्याङग्राको मूल्य बढेको व्यावसायी बाबुराम बानियाले बताए। वैशाख र भदौमा लाग्ने मेलामा तिब्बतबाट उपल्लो मुस्ताङमा च्याङ्ग्रा आयात हुने गर्थ्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
