तनहुँका ग्रामीण भेगमा दशैँको उल्लास रहेको छ। देश तथा विदेशमा रहेका आफन्त र परिवारसँगै गाउँको खुशी नै फर्किएको भिमाद नगरपालिका–९ का शिवकुमार आलेले बताए।
दमौली– तनहुँको व्यास नगरपालिका–३ बस्दै आएका डा. विनय शाह दशैँ मनाउन पुर्ख्यौली गाउँ गोरखा फर्किएका छन्। फूलपातीकै दिन उनी सपरिवार जन्मथलो गएका हुन्।
“हामी प्रत्येक वर्षको फूलपातीमा दशैँ मनाउन गाउँ जान्छौँ, गाउँमा नै दशैँ रमाइलो छ,” उनले भने, “टीका सकिएपछि मात्रै दमौली फर्किन्छौँ।” डा. शाहको परिवार दशैँ मनाउन गाउँ जान थालेको धेरै वर्ष बितिसकेको छ।
अन्य ठाउँमा रहेका आफन्त पनि दशैँ मनाउन फर्किने भएकाले गाउँ रमाइलो हुने गरेको उनको भनाइ छ। उनले भने, “दशैँका बेला सबै आफन्त गाउँमा भेट हुन्छौँ, यसले गर्दा रमाइलो वातावरण बनाउँछ।” दमौलीमा पत्रकारितामा सक्रिय मिलन तामाङ फूलपातीको दिन आफ्नो जन्मस्थान धादिङ गए। आफन्त र साथीभाइसँग रमाइलो गर्न उनी गाउँ गएका हुन्। “दशैँ गाउँमा रमाइलो हुन्छ, दशैँ सकिएपछि पुनः काममा फर्किन्छु,” उनले भने।
यतिबेला दमौली बजार सुनसान बनेको छ। बजार क्षेत्रका मानिस दशैँ मनाउन गाउँ फर्किएपछि बजार क्षेत्र सुनसान बनेको हो। दमौलीमा पसल सञ्चालन गर्दै आएका व्यापारी, कर्मचारी, विद्यार्थीलगायत सर्वसाधारण दशैँ मनाउन गाउँ गएका छन्। अन्य समयमा यातायातको चाप रहने यहाँ दशैँ को समयमा निकै कम मात्रामा मात्र सवारी साधन सञ्चालन भएको छ। धेरैजसो पसल बन्द भएका छन्।
मुख्य व्यापारिक केन्द्र दुलेगौँडा, खैरेनीटार, आँबुखैरेनी, डुम्रे, भीमादलगायत ठाउँलाई समेत दशैँले प्रभाव पारेको छ। शुक्रबारसम्म बजारका पसलमा राम्रो व्यापार भए पनि शनिबार फूलपातीदेखि व्यापार घटेको व्यवसायी मोहन बरालीले बताए। जिल्लाका ग्रामीण भेगमा भने दशैँ को उल्लासमय वातावरण रहेको छ। विदेशमा रहेका र शहरमा रहेका सर्वसाधारण गाउँ छिरेपछि ग्रामीण भेगमा दशैँको छुट्टै उल्लास रहेको स्थानीयवासी बताउँछन्।
अन्य समयमा आ–आफ्नो काममा व्यस्त रहने आफन्तको भेटघाटले ग्रामीण भेगमा छुट्टै रौनकता थप्ने भिमाद नगरपालिका–९ का शिवकुमार आलेले बताए। भने, “वर्षौँसम्म पनि भेटघाट नहुने आफन्त, साथीभाइ चाडपर्वको बेला गाउँमा भेट हुन्छन्। त्यसैले दशैँमा आफन्तसँगै खुशी पनि गाउँ फर्किएको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
