छोराको मृत्युको खबरपछि अर्धचेत अवस्थामा दार्चुलाको लेकम गाउँपालिका–५ बाट महेन्द्रनगर झरेकी आमा पार्वती छोराको शव देखेपछि बेहोस भइन्। परिवार र आफन्त र टोलबासीका आँखा रसाए।
महेन्द्रनगर– मुलुकभर दशैँको रौनक बढिरहेका सोमबार बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडामा सन्नाटा छायो।
टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्याम्पसबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका दीपेश विष्टको शव निम्बुखेडा पुगेपछि उनको परिवारसँगै सिँगो टोल शोकमा डुब्यो।
छोराको मृत्युको खबरपछि अर्धचेत अवस्थामा दार्चुलाको लेकम गाउँपालिका–५ बाट महेन्द्रनगर झरेकी आमा पार्वती छोराको शव देखेपछि बेहोस भइन्। परिवार र आफन्त र टोलबासीका आँखा रसाए।
“दीपेश पढाइमा सानैदेखि अब्बल थियो। सानैमा बुबा गुमाउँदा पीडा बिर्सेर अगाडि बढेको थियो, आमाका लागि बुढेसकालको सहारा थियो,” छिमेकी सुरेश पालले भने, “परिवारको अवस्था सुधार गर्छु भनेर ढाडस दिइरहने ऊ आज बाकसमा फर्किँदाको स्थिति निकै दुःखदायी बनेको छ।”
आइतबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको दीपेशको शव आज बिहान ल्याइएको थियो। दार्चुलाको लेकम गाउँपालिका–५ घर भएका विष्ट परिवारको बसाइ अहिले भीमदत्त नगरपालिका– १५ मा समेत छ। दीपेश यहीँ बसेर पढेका थिए। कक्षा १ देखि १० सम्म महेन्द्रनगरस्थित ग्लोबल एकेडेमीमा छात्रवृत्तिमा पढेका दीपेश निकै अब्बल विद्यार्थी भएको विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज ओझाले बताए। ‘दीपेश र उनका भाइ बसन्तराज दुवै छात्रवृत्तिमै कक्षा १० सम्म पढेका हुन्,” दीपेशको मलामी महाकाली पुगेका प्रिन्सिपल ओझाले भावुक हुँदै भने, “अकल्पनीय घटनाले सबैलाई शोकमा डुबायो।”
यहाँस्थित रेडियन्ट माध्यमिक विद्यालयबाट विज्ञान विषयमा प्लस टु पास गरेका दीपेशको सपना भाइलाई जसरी भए पनि डाक्टर बनाउने थियो। दीपेश चार वर्षको हुँदा बुबाको मृत्यु भएको थियो। शिक्षण पेसामा रहेका बुवा अशोक विष्टको क्यानसरबाट मृत्यु भएपछि दुई छोराको पालनपोषण आमा पार्वतीले गरिन्। आमा पावर्ती दार्चुलाको लटिनाथ माध्यमिक विद्यालयकी शिक्षिका हुन्। दीपेशका भाइ बसन्तराज दाजुको सल्लाहअनुसार नै हाल बीपी प्रतिष्ठान धरानमा एमबीबीएस अध्ययनरत छन्।
विष्टको सोमबार महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ। इजरायल घटनामा मारिएका सुदूरपश्चिमका चार विद्यार्थीको शव आइतबार धनगढी पुर्याइएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
