चीनमा रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई कात्तिक १ गते हृदयाघात भएको थियो।
काठमाडौँ– चीन भ्रमणका क्रममा हृदयाघात भएपछि उपचाररत उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन्।
बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिलटमा पाँच दिनको उपचारपश्चात् डिस्चार्ज भएको उनको सचिवालयले जनाएको छ।
तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बीएफआर) मा सहभागी हुन बेइजिङ पुगेका श्रेष्ठलाई कात्तिक १ गते हृदयाघात भएको थियो। उनको छातीमा ‘स्टेन्ट’ राखिएको छ।
अस्पतालबाट डिस्चार्ज हुने क्रममा उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो उपचारमा संलग्न चिकित्सक, अस्पताल परिवार र बेइजिङस्थित नेपाली दूतावासप्रति आभार प्रकट गरेका छन्।
उपप्रधानमन्त्री श्रेष्ठ कात्तिक ८ गते स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
