गाजामा मानवीय सहायता जारी राख्न अमेरिका र इजरायल सहमत

अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासद्वारा अक्टोबर ७ मा भएको आतंकवादी हमलापछि गाजामा मानवीय सहायतालाई तीव्रता दिन पहल गरेका छन्।

तस्वीर: एएफपी

गाजामा मानवीय सहायता जारी राख्न अमेरिका र इजरायल सहमत भएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच भएको टेलिफोन वार्तामा दुवै देश गाजामा मानवीय सहायता र राहत सामग्रीको निरन्तर प्रवाह गर्न सकारात्मक भएका हुन्। 

सो क्रममा राष्ट्रपति बाइडेनले नेतन्याहुसँग गाजा र वरपरको क्षेत्रका घटनाक्रमबारे छलफल गरेका थिए। बाइडेनले हमासद्वारा अक्टोबर ७ मा भएको आतंकवादी हमलापछि मानवीय सहायतालाई तीव्रता दिन पहल गरेका छन्। ह्वाइट हाउसका अनुसार मानवीय सहायताका प्याकेज सिमाना पार गरी गाजामा पुगेको छ र प्यालेस्टिनीलाई वितरण गरिएको छ।

इजरायलले गाजा क्षेत्रमा हमासविरुद्ध आक्रमण जारी राखेका बेला १४ ट्रक राहत सोमबार गाजापट्टीमा प्रवेश गरेको सीएनएनले उल्लेख गरेको छ। 

यी सहायता ट्रकहरू इजिप्टियन रेड क्रिसेन्ट र संयुक्त राष्ट्रसंघले पठाएका हुन्।