भारतीय सञ्चारमाध्यमका अनुसार बाघ बकरी चिया कम्पनीका सञ्चालक पराग देसाईमाथि गएको अक्टोबर १५ का दिन सडकमा कुकुरले आक्रमण गरेका थिए।
भारतको गुजरातमा कुकुर आक्रमणबाट बच्न खोज्दा चर्चित भारतीय उद्योगी पराग देसाईको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार बाघ बकरी चिया कम्पनीका सञ्चालक पराग देसाईमाथि गएको अक्टोबर १५ का दिन सडकमा कुकुरले आक्रमण गरेका थिए। उनी आफ्नो घरबाहिर इस्कन अम्बली रोडमा ‘मर्निङ वाक’मा निस्केको बेला सडक आश्रित कुकुरको आक्रमणबाट जोगिन खोज्दा उनी लडेर गम्भीर घाइते भएका थिए। त्यस क्रममा कुकुरले पनि उनलाई टोकेको थियो।
घाइते देसाईलाई तुरुन्दै उपचारको लागि अस्पताल लगिएकोमा उनको अवस्था झन् बिग्रिँदै गएका कारण आइतबार उनको निधन भएको हो।
चिया प्रशोधन तथा प्याकेजिङ गर्ने बाघ बकरी चिया कम्पनी ३ हजार २०० करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको व्यवसाय हो। अमेरिकाबाट एमबीए गरेका देसाईले आफ्नो पुर्ख्याैली व्यवसायलाई बढाउँदै अहिलेको अवस्थासम्म ल्याएका थिए। यो व्यवसाय भारतका २४ राज्यमा रहेर काम गर्छ र विश्वका ६० देशमा आफ्नो उत्पादन निर्यात गर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
