टीकाको दिन प्रहरीले काठमाडाैँमा नि:शुल्क बस चलाउने

बिहान साढे ८ बजेदेखि साँझ ४ बजेसम्म विभिन्न दुई रुटमा बस सञ्चालन गरिने प्रहरीले जनाएको छ।

काठमाडाैँ– नेपाल प्रहरीले दशैँको टीकाको दिन काठमाडाैँ उपत्यकामा नि:शुल्क बस सेवा दिने भएको छ। मंगलबार टीकाको दिन अन्य सार्वजनिक यातायात बन्द रहने भएका कारण नागरिकलाई आवतजावतमा सहज हाेस् भनेर बस सेवा दिन लागेको प्रहरी मुख्यालयले जनाएको छ।

विभिन्न दुई रुटमा बस सञ्चालन हुने छ। काठमाडाैँ, भक्तपुर र ललितपुरसम्म बिहान साढे ८ बजेदेखि साँझ ४ बजेसम्म बस चल्ने प्रहरी मुख्यालयले जनाएको छ।

यस्तो छ प्रहरीको नि:शुल्क बस चल्ने रुट: