समितिले अन्य प्रदेशको बियर नीति अध्ययन गरी राजस्व वृद्धिका आधारमा सिफारिस गर्नेछ।
भारतको महाराष्ट्रमा बियरको बिक्री घट्दा राज्य सरकार चिन्तित बनेको छ। बियर उद्योगको माध्यमबाट सरकारले प्राप्त गर्ने राजस्व क्रमिक रूपमा घटिरहेको छ। योसँगै बियर उद्योगबाट राज्यको राजस्व बढाउनको लागि त्यहाँको सरकारले एक समिति गठन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
समितिलाई एक महिनाभित्र आफ्नो प्रतिवेदन पेस गर्न भनिएको छ। समितिले मदिरामा आधारित बियरमा हालको अन्तःशुल्क दरसहित मूल्यमा आधारित दृष्टिकोण अध्ययन गर्नेछ। साथै समितिको उद्देश्य यसअघि बियरमा भएको अन्तःशुल्क वृद्धि र राजस्व सन्तुलनमा परेको असर अध्ययन गरी सोही अनुसारको सुधारका लागि सुझाव दिनु रहेको छ। यसका साथै समितिले अन्य प्रदेशको बियर नीति अध्ययन गरी राजस्व वृद्धिका आधारमा सिफारिस गर्नेछ।
राज्य सरकारका अनुसार बियरमा एक्साइज ड्युटी (रक्सी, सुर्तीजन्य वस्तु लगायतको बिक्रीमा लगाइने अप्रत्यक्ष कर) बढेपछि बियरको बिक्री कम भइरहेको छ। बियरको बिक्री घटसँगै सरकारको राजस्व पनि घटिरहेको छ।
बियर उद्योगका एक प्रतिनिधिले बियर उद्योगका समस्याबारे सरकारलाई जानकारी गराएका छन्। मदिराको मात्राका आधारमा अन्य मदिराको तुलनामा बियरमा अन्तःशुल्क दर बढी रहेको उनले सरकारलाई बताए। बियरको मूल्यले उपभोक्तालाई आकर्षित गर्दैन। यो पनि भनिएको छ कि बियरमा अन्तःशुल्क दर घटाएपछि अन्य राज्यले राजस्वको हिसाबले फाइदा उठाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
