मोटरबाटो तथा पदमार्ग निर्माण नहुँदा पर्यटकीयस्थल छायाँमा परेका छन्। कतिपय सडकले जोडिएका ठाउँमा पनि स्तरोन्नति गर्न नसक्दा पर्यटकलाई समस्या हुने गरेको छ।
बागलुङ– बागलुङका अधिकांश धार्मिक तथा पर्यटकीय गन्तव्य त्यहाँ पुग्ने पूर्वाधारको अभावमा ओझेलमा पर्ने गरेका छन्।
मोटरबाटो तथा पदमार्ग निर्माण नहुँदा जिल्लाका यी पर्यटकीयस्थल छायाँमा परेका हुन्। कतिपय सडकले जोडिएका ठाउँमा पनि स्तरोन्नति गर्न नसक्दा पर्यटकलाई समस्या हुने गरेको छ।
जिल्लाको काठेखोला गाउँपालिकाले भने पालिकाभित्र रहेका सबै धार्मिक तथा पर्यटकीयस्थललाई मोटरबाटो तथा पदमार्गले जोड्ने योजना बनाएको छ। पर्यटक बढाउनका लागि गाउँपालिकाले यस वर्षदेखि पर्यटकीयस्थल वसन्तापखोरलाई जोड्न पदमार्ग निर्माण गर्न थालेको छ। पालिकाको वडा नम्बर ४ स्थित चापोट जनजाति संग्रहालयदेखि वसन्तापखोरसम्म पुर्याउने गरी पदमार्ग निर्माण शुरू गरेको हो। गाउँपालिकाले चालु आर्थिक वर्षबाट पर्यटन प्रवर्द्धनका लागि सडक तथा पदमार्ग निर्माण गर्न थालेको काठेखोला गाउँपालिकाका प्रवक्ता टीका संगम विकले जानकारी दिए। धेरै सम्भावना भएको ठाउँ भए पनि वर्षौंदेखि ओझेलमा परेको हुँदा पालिकाले यस वर्ष थोरै बजेट व्यवस्थापन गरेर पदमार्ग निर्माण गर्न थालेको उनको भनाइ छ।
“वसन्तापखोर निकै चर्चित र रमणीय ठाउँ हो, उच्च पहाडमा रहेको यो क्षेत्र निकै सुन्दर छ, यसले धेरैलाई आकर्षत गर्ने गरेको छ, तर अहिलेसम्म पूर्वाधारले जोडिन नसक्दा ओझेलमा परेको थियो, हामीहरूले यस वर्षदेखि पूर्वाधार विकासले जोड्नुका साथै प्रचारप्रसारलाई जोड दिएका छौँ”, उनले भने, “अहिले यहाँ बनाउन थालिएको पदमार्गले दुई वटा गन्तव्यलाई जोड्ने छ, तल जनजाति संग्रहालय र माथि वसन्तापखोर।”
गाउँपालिकाले विनियोजन गरेको दुई लाख रुपैयाँबाट पदमार्ग निर्माण गरेको काठेखोला गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले बताए। थापाले यस वर्ष करिब दुई समय मिटर ढलानसहितको पदमार्ग निर्माण गरेको जानकारी दिए। जनजाति सङ्ग्रहालयदेखि करिब एक हजार दुई सय मिटरको दुरीमा रहेको बसन्तापखोरसम्म पदमार्ग निर्माणका लागि थोरै बजेट विनियोजन गरेर केही वर्षमै यसले पूर्णता पाउने उपाध्यक्ष थापाको भनाइ छ।
वसन्तापखोर उच्च पहाडमा भएको हुँदा यहाँबाट दर्जनौँ हिमशृङ्खला अवलोकन गर्न सकिन्छ भने बागलुङलगायतका धेरै ठाउँ देख्न सकिन्छ। उपाध्यक्ष थापा भन्छन्, “पर्यटक भित्र्याउन मुख्य त पूर्वाधारको विकास हुनुपर्छ। जहाँ पूर्वाधारले पर्यटकीय ठाउँ जोडिएका छन् त्यहाँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
