बंगलादेशमा रेल दुर्घटना हुँदा कम्तीमा २० जनाकाे मृत्यु

मालवाहक र यात्रुवाहक रेल एकआपसमा ठाेक्किँदा दुर्घना भएकाे हाे।

बंगलादेशमा सोमबार यात्रुवाहक रेल र मालवाहक रेलबीच ठक्कर हुँदा दुर्घटना भएको छ।

दुर्घटनामा कम्तीमा २० जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका टाइम्स अफ इन्डियाले जनाएको छ। भैरब रेलवे स्टेसनका ड्युटी अफिसर सिराजुल इस्लामले स्थानीय समय अनुसार दिउँसो ३ः३० बजे किशोरगञ्जमा चट्टोग्रामतर्फ जाँदै गरेको मालवाहक रेल ढाकातर्फ आउँदै गरेको आगरो सिन्दुर एक्सप्रेससँग ठोक्किएको बताए। सयाैँकाे संख्यामा घाइते भएको बताइएको छ।

राजधानी ढाकाबाट करिब ८० किलोमिटर टाढा भैरवमा दुर्घटना भएको हो।