पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमतीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको समेत सम्भावना छ। 

काठमाडौँ– नेपालको पश्चिमी भूभागमा पश्चिमी वायु र पूर्वी भूभागमा बंगालको खाडीमा बनेको 'हामून' चक्रवातको आंशिक प्रभाव रहेको छ।

जसका कारण कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमतीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। 

राति देशभरको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। कर्णाली र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ।