काठमाडौँमा प्रहरीको निःशुल्क बस सेवा

दशैँको टीका लगाउन आवतजावत गर्नेको सहजताका लागि उपत्यकाका दुई वटा मार्गमा निःशुल्क बस सेवा सञ्चालन गरिएको प्रहरीले जनाएको छ। 

काठमाडौँ– नेपाल प्रहरीले मंगलबार काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ।

दशैँको टीका लगाउन आवतजावत गर्ने सर्वसाधारणको सहजताका लागि उपत्यकाका दुई वटा मार्गमा निःशुल्क बस सेवा दिइने केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले जानकारी दिए। 

उनका अनुसार बिहान ८:३० बजेदेखि बेलुकी ४ बजेसम्म एउटा बस नक्सालदेखि टिचिङ चक्रपथ हुँदै जावलाखेल र लगनखेल भएर फेरी नक्साल आउने छ।

यस्तै अर्को बस नक्साल हुँदै विमानस्थल, भक्तपुर, सल्लाघारी, सुर्यविनायक हुँदै पुनः नक्साल आउने छ।