राष्ट्रपतिले भाउजू विष्णुमायाको हातबाट टीका लगाउने

राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलको हातबाट टीका लगाउने भएका छन्। 

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले भाउजूको हातबाट दशैँको टीका लगाउने भएका छन्।

राष्ट्रपति पौडेललाई ११:२ बजेको शुभसाइतमा ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलले टीका लगाइदिने कार्यक्रम रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। 

त्यसपछि राष्ट्रपति पौडेलले आफ्नो परिवारजनलाई टीका लगाइदिने छन्। यसैगरी, उनले नागरिकलाई पनि टीका लगाइदिने कार्यक्रम छ। 

दिउँसो दुईदेखि तीन बजेसम्म विशिष्ट र तीनदेखि पाँच बजेसम्म सर्वसाधारणलाई पनि राष्ट्रपति पौडेलले टीका लगाइदिने कार्यक्रम रहेको पोखरेलले बताए।

उनले राष्ट्रपति निवासमा नै टीका लगाइदिने छन्।