चचहुइ: पिङ खेल्दै रमाउँदै (तस्वीरहरू)

काठमाडाैँका विभिन्न ठाउँमा पिङ हालिएका छन्। चचहुइ भन्दै केटाकेटीहरू रमाइरहेका छन्।

काठमाडाैँ– दशैँ र पिङ एकअर्काका पर्याय जस्तै लाग्छन्। वर्षमा एक दिन खुट्टाले धर्तीलाई छोड्नुपर्छ भन्ने मान्यता रहेकाले पनि दशैँमा पिङ खेल्ने गरेको विश्वास रहिआएको छ। त्यसैले पिङ हाल्ने र खेल्ने चलन छ।

केटाकेटीदेखि बुढापाकासम्म पिङमा मच्चिएर चचहुइ भन्दै रमाउँछन्। दशैँतिहारभरि पिङको माहाेल बनिरहन्छ। गाउँघर हाेस् या शहरबजार, दशैँमा पिङ हालेकै हुन्छ। तर पछिल्लो समय विभिन्न प्रविधिको विकास र बढ्दो शहरीकरणका कारण पिङको मौलिकता हराउँदै गएको देखिन्छ। यद्यपि काठमाडाैँका विभिन्न ठाउँमा पिङ हालिएका छन्। केटाकेटीहरू रमाइरहेका छन्।