लैंगिक हिंसाको अन्त्य र समान ज्यालाको माग गर्दै आइसल्यान्डमा महिलाहरू आन्दोलनमा उत्रिएका हुन्।
आइसल्यान्डमा प्रधानमन्त्री क्याट्रिन ज्याकब्सडोटिरसहित लाखौँ महिलाले मंगलबार काम गर्न अस्वीकार गर्दै हड्तालमा उत्रेका छन्। यसको कारण पुरुषको तुलनामा महिलालाई कम तलब र महिला विरुद्ध हुने अपराध रहेको बताइएको छ।
तलब असमानता र लैंगिक हिंसाको विरोधमा मंगलबार महिलाहरू हड्तालमा उत्रिएका बीबीसीले जनाएको छ।
आइसल्यान्डका महिलाहरू प्रायः स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्छन्। सन् १९७५ पछि पहिलो पटक महिलाहरूले यसरी दिनभर हडताल गरेका छन्। आइसल्यान्डका प्रधानमन्त्रीले क्याट्रिनले भनिन्, "आज काम गर्दिन र मलाई आशा छ (मन्त्रिमण्डलमा रहेका) सबै महिलाले त्यसै गर्नेछन्।"
प्रधानमन्त्रीले आफ्नो सरकारले परम्परागत रूपमा पुरुषको वर्चस्व रहेको क्षेत्रको तुलनामा महिलाको बाहुल्यता भएका व्यवसायलाई कत्तिको महत्त्व दिइन्छ भन्ने कुरा हेरिरहेको बताइन्। आइसल्यान्ड १४ वर्षदेखि विश्व आर्थिक मञ्चको वरियतामा लैङ्गिक समानताका आधारमा विश्वकै उत्कृष्ट राष्ट्र बनेको छ। तर, फोरमले ९१.२ प्रतिशत अंक दिएकोले यहाँ पूर्ण समानता देखिदैन।
यसअघि सन् १९७५ मा आइसल्यान्डका ९० प्रतिशत महिला कामदारले हड्ताल गरेका थिए। अर्थतन्त्रमा महिलाको योगदानलाई महत्त्व दिनुपर्ने उनीहरूको माग थियो। त्यही हडतालपछि अर्को वर्ष देशको संसदमा समान ज्यालासम्बन्धी कानून पारित भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
