पूर्वराजा ज्ञानेन्द्रबाट दशैँको टीका ग्रहण (तस्वीरहरू)

पूर्वराजा शाहले हरेक वर्ष वडादशैँको विजया दशमीका दिन सर्वसाधारणलाई पनि टीका लगाउँदै आएका छन्। 

काठमाडाैँ– पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिएका छन्। मंगलबार हपरान्ह ४ बजेबाट पूर्वराजा शाहले सर्वसाधारणलाई विजया दशमीको टीका लगाइदिएका हुन्।

पूर्वराजा शाहको हातबाट टीका ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणहरुको लाइन लागेको थियो। हिन्दूबाहेक अन्य धर्मका मानिसहरू पनि टीका लाइमाग्न निर्मल निवास पुगेका थिए। पूर्वराजा शाहले हरेक वर्ष वडादशैँको विजया दशमीको दिन सर्वसाधारणलाई पनि टीका लगाउँदै आएका छन्।