कस्तो छ बुधबारको मौसम?

देशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ।

काठमाडौँ– नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

जसले गर्दा पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ। पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ।

उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना छ।

राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहने महाशाखाको अनुमान छ।