दुर्घटनामा घाइते भएका मनाङ एयरका पाइलट सेढाईंको निधन

सेढाईंले उडाएको हेलिकप्टर गत असोज २७ गते सोलुखुम्बुको लेबुचेमा दुर्घटनामा परेको थियो। 

फाइल तस्वीर

काठमाडौँ– आफैँले उडाएको हेलिकप्टर दुर्घटनामा परेका मनाङ एयरका पाइलट प्रकाशकुमार सेढाईंको निधन भएको छ। 

दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट सेढाईंलाई काठमाडौँको ह्याम्स अस्पताल ल्याइएकामा त्यहाँ उपचार हुन नसकेपछि मुम्बई लगिएको थियो। 

त्यहाँस्थित नेसनल बर्न सेन्टरमा उपचाररत सेढाईंको मंगलबार निधन भएको मनाङ एयरले जनाएको छ।

उनले उडाएको हेलिकप्टर गत असोज २७ गते सोलुखुम्बुको लेबुचेमा दुर्घटनामा परेको थियो।