आज पनि दशैँको टीका र जमरा लगाइँदै, सरकारी कार्यालय शुक्रबारदेखि खुल्ने

मंगलबार दशैँको मुख्य दिन छुटेका पारिवारिक सदस्य र आफन्तको हातबाट बुधबार पनि प्रसादस्वरूप टीका र जमरा ग्रहण गर्ने चलन छ।

काठमाडौँ– दशैँको टीका र जमरा ग्रहण गर्ने क्रम बुधबार एकादशीमा पनि जारी छ। 

मंगलबार दशैँको मुख्य दिन छुटेका पारिवारिक सदस्य र आफन्तको हातबाट बुधबार पनि प्रसादस्वरूप टीका र जमरा ग्रहण गर्ने चलन छ। दशैँको टीका र जमरा आश्विन शुक्ल पूर्णिमासम्म लगाउने चलन छ। 

आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक घरको पूजा कोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा दशैँको १०औँ दिन बिहान देवी विसर्जन गरेपछि लगाउने चलन छ। 

दशैँ मनाउन सरकारले बिहीबारसम्म पाँच दिन सार्वजनिक बिदा दिएको छ।