जनकपुरबाट पेस्तोलसहित १ जना पक्राउ

पक्राउ पर्नेमा भारतको विहारस्थित लख्खी शेराई ग्रामपञ्चायतकी १६ वर्षीया पूजाकुमारी सहनी रहेकी छन्।

सांकेतिक तस्वीर

काठमाडौँ– प्रहरीले धनुषाको जनकपुरबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा भारतको विहारस्थित लख्खी शेराई ग्रामपञ्चायतकी १६ वर्षीया पूजाकुमारी सहनी रहेकी छन्।

गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले जनकपुरको रेल्वे स्टेसननजिक हनुमान मन्दिरबाट उनलाई पेस्तोलसहित पक्राउ गरेको हो। 

विशेष सूचनाका आधारमा जाँच गर्दा एकथान कुटवा पेस्तोल बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

पक्राउ परेकी सहनीलाई प्रहरीको जिम्मा लगाइएको र थप अनुसन्धान भइरहेको छ।