कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी छ, भनेर राजावादीले भ्रम छरे: शंकर पोखरेल

वैचारिक र राजनीतिक रूपमा स्खलित भएकाको हतियार नै भ्रम सिर्जना गर्नु रहेको महासचिव पोखरेलको भनाइ छ।

फाइल तस्वीर

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्न खोजिएको बताएका छन्। 

सामाजिक सञ्जालमा उनले भनेका छन्,“पहिले माओवादीहरू जाउलाखेलको टेलिकमको नयाँ भवनको फोटो राखेर ओलीको घर भन्दै जनतामा भ्रम छर्ने गर्थे। अहिले राजावादीहरू कम्बोडियाको टेलिकममा ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको देखिन्छ।”

वैचारिक र राजनीतिक रूपमा स्खलित भएकाको हतियार नै भ्रम सिर्जना गर्नु रहेको महासचिव पोखरेलको भनाइ छ। नेपालमा सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य देखिएको व्यक्ति माथिको प्रहार राष्ट्र र जनताको भविष्य माथिको प्रहार भएको उनले बताएका छन्।

“भ्रममा नपरौँ, यस्ताखाले षडयन्त्रविरुद्ध गम्भीर बनौँ,” उनले लेखेका छन्।