टेम्केमैयुङ–२ मा कृषि समूह गठन गरेर सुमन प्रधानले छिनामखुमा व्यावसायिक रूपले सुन्तलाखेती गर्दै आएका छन्।
भोजपुर– सीप मानिसको जिउन सक्ने पहिलो आधार हो। सीप भए केही न केही उद्यम गरेर जीवनयापन चलाउन सम्भव बन्छ।
पछिल्लो समय सवारी साधनको क्षेत्रमा काम गरेर धेरै मानिस स्वरोजगार बनेको देख्न सकिन्छ। खासगरी युवावर्गलाई सवारी साधन चलाउन सिक्ने बढी चाहना हुन्छ। तर, भोजपुरवासीलाई सवारी साधन चलाउन सिक्न भने त्यति सहज छैन। सवारी साधन चलाउने सीप आर्जन गर्न जिल्लाबाहिर जानुपर्ने बाध्यता थियो।
यसलाई ध्यानमा राखेर वैदेशिक रोजगारीबाट फर्किएका सुमन प्रधानले आफू स्वरोजगार बन्ने र अरूलाई पनि प्रेरित गर्ने उद्देश्यले ड्राइभिङ सेन्टर सञ्चालन गरेपछि स्थानीयलाई सहज भएको छ। विदेशमा दुई वर्ष बिताएर आएका उनले सीपको अभावमा मलेसियामा नेपालीले पाएको दुःख देख्न नसकेर आफ्नै गाउँमा फर्केर पहिलो पटक यो काम शुरू गरेको बताए।
“मानिसलाई सहज रूपमा जीवनयापन गराउने आधार नै सीप हो,” उनले भने, “सीप भएको मानिसले जहाँ पनि आफ्नो क्षमता देखाएर खानसक्छ। विदेशमा पनि सीपका कारण धेरैले दुःख पाएको देखेँ। त्यहाँका नेपालीले भोगेको दुःख बुझेरै सवारी साधन चलाउने सीप प्रदान गर्दै आएको छु।”
योसँगै उनले टेम्केमैयुङ–२ मा कृषि समूह गठन गरेर छिनामखुमा व्यावसायिक रूपले सुन्तला खेतीसमेत गर्दै आएका छन्। “मेरो अगुवाइमा कृषि समूह गठन गरेर अरूलाई पनि यसमा समेटेको छु। विदेशमा गएर दुःख गर्नुभन्दा यही नै फरक ढंगले काम गर्ने हो भने राम्रो आम्दानी लिन सकिन्छ,” उनले भने।
कृषिबाट बाँकी रहेको समय सदुपयोग गर्दै व्यवसायी प्रधानले पाँच वर्षअघिदेखि पाथीभरा ड्राइभिङ सेन्टर खोलेर स्थानीयवासीलाई दुई पांग्रे, तीन पांग्रे र चार पांग्रे सवारी साधन चलाउन सिकाउँदै आएका हुन्। “विदेशमा धेरै दुःख गरियो। त्यहाँ गर्ने मेहनत यहीँ गर्ने हो भने राम्रो आम्दानी हुने रहेछ,” प्रधानले भने, “मैले सीप सिकाएका धेरै जना आफैँ स्वरोजगार बनेर काम गरिरहेका छन्। यहाँ सीप सिकेर वैदेशिक रोजगारीमा गएका दुई जनाले ड्राइभिङ गरेर राम्रो तलब खाँदैछन्।”
उनले भोजपुर नगरपालिका–५ मा वार्षिक ७५ हजारमा पाँच रोपनी जग्गा भाडामा लिएर ड्राइभिङ सेन्टर चलाएका छन्। “सीप लिनका लागि स्थानीयवासीलाई धेरै खर्च गरेर बाहिर जानुपर्ने समस्या अन्त्य भएको छ,” प्रधानले भने, “तर सानो ठाउँ भए पनि व्यवसाय धान्न भने निकै सकस भएको छ। यस्ता सीपमूलक काम गर्ने मानिसलाई स्थानीय सरकारले पनि प्रोत्साहन गर्नुपर्छ।”
हालसम्म जिल्लाका ७०० जनाभन्दा बढीलाई ड्राइभिङ सिकाएका छन्। प्रधानले भोजपुरजस्तो सानो ठाउँमा सञ्चालन गरेको यो व्यवसायबाट आफूले पनि सीप सिक्न पाउँदा खुशी लागेको अरुण गाउँपालिकाका युवा सचिन भुजेलले बताए।
आफ्नै ठाउँमा सीप सिक्न पाउँदा धेरै खर्च गरेर धरान, इटहरी, विराटनगरलगायत शहरमा जानुपर्ने बाध्यता हटेको उहाँको भनाइ छ। “जिल्लामै सीप सिकेर स्वरोजगार बनेको छु,” सचिनले भने, “सीप सिकेर अहिले गाउँपालिकाको गाडी चलाउँदै आएको छु।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
