राष्ट्रिय योजना आयोगका अतिरिक्त प्रदेशमा प्रदेश नीति तथा योजना आयोग स्थापना गरी केन्द्रीय तथा प्रादेशिक योजनाहरू दिगो विकास लक्ष्यसँग तादात्म्य सुनिश्चित गरिएको अध्यक्ष तिमिल्सिनाले जनाएका छन्।
काठमाडौँ– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको संघीय संसद्ले दिगो विकास लक्ष्यलाई केन्द्रमा राखेको बताएका छन्।
एंगोलाको लुवान्डामा आयोजित अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४७औँ महासभालाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले संसद्मा आउने विधेयकलाई दिगो विकास लक्ष्यको दृष्टिकोणबाट मापन गरेर तिनीहरूको औचित्य परीक्षण हुँदै आएको उल्लेख गरेका हुन्।
“दिगो विकास लक्ष्य हासिल गर्न सरकारले कार्यान्वयन गर्नुपर्ने विषयमा संसद्ले निरन्तर खबरदारी गरेको छ। राष्ट्रिय सभामा दिगो विकास तथा सुशासन समिति गठन गरिएको छ,” उनले भने, “यो समितिले दिगो विकास लक्ष्यका प्रगति र कार्य योजनाका अवस्थाबारे तीनै तहका रकारसँग निरन्तर छलफल गर्ने र आवश्यक नीतिगत निर्देशन दिने काम गर्दै आएको छ।”
नेपालले दिगो विकास लक्ष्यलाई मूलभूत रूपमै आन्तरिकीकरण गरेको र संविधानको प्रस्तावनामा नै नेपाली जनताको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षालाई उल्लेख गरिएको उनको भनाइ थियो। संघमा रहेको राष्ट्रिय योजना आयोगका अतिरिक्त प्रदेशमा प्रदेश नीति तथा योजना आयोग स्थापना गरी केन्द्रीय तथा प्रादेशिक योजनाहरू दिगो विकास लक्ष्यसँग तादात्म्य सुनिश्चित हुने अध्यक्ष तिमिल्सिनाले जनाएका छन्।
“दिगो विकास सबै भूगोल, आर्थिक अवस्था र राजनीतिक प्रणालीका मुलुकहरूको साझा चासो हो,” उनले भने, “यसका लागि जनताको प्रतिनिधिमूलक संस्था संसद्को भूमिका प्रभावकारी पार्न हामी सबैको साझा प्रतिबद्धताको खाँचो छ।”
अर्को प्रसंगमा अध्यक्ष तिमिल्सिनाले आणविक हतियार निर्माण र त्यसको जथाभाबी प्रयोगलाई विवेकहीन कामको संज्ञा दिए। शक्ति प्राप्तिको लागि मानवजातिकै संहार हुने गरी सैन्य, सामरिक र आणविक अस्त्रमा सबैभन्दा धेरै खर्च गरेको विषय जायज हुन नसक्ने उनको भनाइ थियो।
“विज्ञान र प्रविधिको विकास सुन्दर पृथ्वी र मानवजातिको हित र न्यायका लागि हुनुपर्नेमा क्षणभरमा पृथ्वीको नै अस्तित्व समाप्त हुने गरी आणविक शस्त्र अस्त्र निर्माणमा प्रयोग भइरहेको छ, जुन विवेकहीन कार्य हो, यो जायज छैन,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
