मंगलबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा बोल्दै गुटेरेसले प्यालेस्टिनी नागरिकले विगत ५६ वर्षदेखि इजरायलको पीडादायी व्यवहार भाेग्दै आएको बताएका थिए।
प्यालेस्टिनी र हमासको पक्षमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले दिएको बयानपछि इजरायलले उनको राजीनामा माग गरेको छ।
गुटेरेसले हमासले इजरायलमाथि गरेको आक्रमणको निन्दा गर्दै उनले इजरायलले पनि निर्दोष प्यालेस्टिनीलाई निशाना बनाउनु गलत भएको बताएका थिए। मंगलबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा बोल्दै उनले भनेका थिए, "नागरिकहरूलाई मार्नु, बन्धक बनाउनु गलत हो। तर यसका साथै निर्दोष नागरिकका घरलाई निशाना बनाएर रकेट आक्रमण गर्नु पनि कुनै हालतमा सही होइन।"
उनले भनेका थिए– "हमासको हमला अचानकको निर्णय थिएन। पछिल्लो ५६ वर्षदेखि भोग्दै आएको पीडादायी व्यवहारको परिणाम थियो।"
गुटरेसको यही बयानपछि इजरायलले उनको राजीनामा माग गरेको हो। संयुक्त राष्ट्रमा इजरायलका राजदूत गिलाड अर्डनले ट्विटरमा उनको राजीनामा माग गर्दे लेखेका छन्, "सामूहिक हत्या, बच्चा-महिलादेखि बुढापाकाको हत्या गर्नेप्रति सहानुभूति देखाउने व्यक्ति यूएन महासचिवको लागि उपयुक्त पात्र हुन सक्दैन।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
