आक्रमण गर्ने व्यक्ति एक प्रमाणित बन्दुक प्रशिक्षक र अमेरिकी सेना रिजर्भको सदस्यसमेत रहेको स्थानीय प्रहरीले बताएका छन्।
एक जना बन्दुकधारीको अन्धाधुन्ध गोलाबारीबाट अमेरिकाको ल्युइस्टन शहरमा २२ जनाको ज्यान गएको छ। यो शहर अमेरिकाको मेने राज्यमा पर्छ।
ल्युइस्टनका नगद पार्सदको भनाइलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले एउटै व्यक्तिबाट विभिन्न दुई ठाउँमा भएका गोलाबारीमा ६० जना जति घाइते भएका जनाएको छ। ती व्यक्तिले खुलेआम पसल, रेस्टुरेन्ट लगायतमा आक्रमण गरेका थिए। ल्युइस्टिन प्रहरी विभागले ती बन्धुकधारीको पहिचान गरिसकेको छ। उनी ५० वर्षका रोबर्ट कार्ड भएको बताइएको छ।
प्रहरीले उनी सशस्त्र र खतरनाक भएको र खुलेआम घुमिरहेकाले सचेत रहन आग्रह गरेको छ। प्रहरीका अनुसार कार्ड एक प्रमाणित बन्दुक प्रशिक्षक र अमेरिकी सेना रिजर्भको सदस्यसमेत रहेका छन्। प्रहरीले ती बन्धुकधारीको खोजी गरिरहेको छ। कसैले ती व्यक्तिलाई देखेमा तुरुन्तै खबर गर्न पनि भनेको छ।
घटनाको बारे अमेरिकी राष्टपति जो बाइडेनले दुःख व्यक्त गरेका छन्। उनले मेने राज्यका विभिन्न उच्च अधिकारीहरूलाई फोन गरेर घटनाको अवस्था बुझ्दै केन्द्रबाट सहयोग गर्ने बताएका सीएनएनले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
