बबी जीवित रहनुको पछाडि बेग्लै कहानी छ। जन्मिदै गाडिनबाट जोगिएका बबी यति लामो समयसम्म यो धर्तीमा रहे।
विश्वको सबैभन्दा बुढो कुकुरको ३१ वर्षको उमेरमा मृत्यु भएको छ। पोर्चुगलको बबी नाम गरेको कुकुरको ३१ वर्ष १६५ दिनमा गत अक्टोबर २० मा मृत्यु भएको गिनिज वर्ल्ड रेकर्डले जनाएको छ। बबीले यही वर्षको फेब्रुअरीमा विश्वको जीवित बुढो कुकुरको कीर्तिमान बनाएको थियो। बबी भन्दा पहिले सन् १९३९ मा अस्ट्रेलियाको एक कुकुरले २९ पर्ष पाँच महिनासम्म बाँचको रेकर्ड बनाएको थियो।
सामान्यतया कुकुरको औसत आयु १० देखि १५ वर्षको हुने गर्छ। तर यति लामो समयसम्म कुकुर बाँच्नु आश्चर्यको कुरा भएको बताइएको छ। बबीका मालिक लियोनल कोस्टाले यति धेरै वर्षसम्म बाँच्नुको कारण बताएका छन्। उनले बबीलाई कहिल्यै पनि सांलोमा बाँधेर नराखेको र ग्रामीण क्षेत्रमा, शान्त परिवेशमा हुर्केका कारण बबी धेरै वर्षसम्म बाँचेको बताएका छन्। यस्तै उनले बबीले मान्छेले खाने खाना नै खाने गरेको बताएका छन्।
बबी जीवित रहनुको बेग्लै कहानी छ। जन्मिदै गाडिनबाट जोगिएका बबी यति लामो समयसम्म यो धर्तीमा रहे।
बबी जन्मेको समयमा लियोनलको परिवारसँग थुप्रै जनावरहरू थिए। लियोनलका बुवा एक शिकारी थिए। घरमा आर्थिक अवस्था कम भएका कारण उनीसँग कुकुरलाई पाल्न सक्ने अवस्था पनि थिएन। त्यसैले उनले आफ्नो घरमा रहेको कुकुरले जन्माएका सबै छाउरालाई लगेर गाडिदिएका थिए। तर बबी भने दाउराको चाङमा ढाकिएकाले गाडिनबाट जोगिएको थियो। केही दिनपछि लियोनल र उनका भाइबहिनीले बबीलाई भेटाए। उनीहरूले आफ्ना बुवाले बबीलाई पनि लगेर गाडिदिने डरले केही दिनसम्म लुकाएरै राखेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
