राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बेल्जियमबाट पर्यटकहरूलाई नेपाल आउने वातावरण बनाउन सक्दा नेपालको आर्थिक र सामाजिक क्षेत्रमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
लुवान्डा– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बेल्जियमबाट पर्यटकहरूलाई नेपाल आउने वातावरण बनाउन सक्दा नेपालको आर्थिक र सामाजिक क्षेत्रमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
बेल्जियमको सिनेट सभामुख स्टेफिन डी होसबीचको भेटवार्ताका क्रममा अध्यक्ष तिमिल्सिनाले हिमाल आरोहण र पदयात्रा पर्यटन बेल्जियमका नागरिकबीचमा लोकप्रिय भएकाले उल्लेख गर्दै उल्लेख्य संख्यामा पर्यटकहरूलाई नेपाल आउने वातावरण बनाउन सक्दा नेपालको आर्थिक र सामाजिक क्षेत्रमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका हुन्।
अन्तर व्यवस्थापिका संघ(आईपीयू)को १४७औँ महासभामा सहभागी हुने क्रममा बिहीबार एंगोलाको राजधानी लुवान्डामा उनीहरूबीच भेटवार्ता भएको थियो। भेटवार्ताका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र बेल्जियमबीचको आपसी सम्बन्ध सद्भाव, विश्वास र पारस्परिक सम्मानले चिनिएको बताउँदै दुवै मुलुकले अन्तर्राष्ट्रिय मञ्चहरूमा साझा धारणा राख्दै आएको स्मरण गरे। उनले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा एक अर्का देशलाई समर्थन गर्दै आएकोप्रति जोड दिँदै बेल्जियमले नेपालको विकास प्रयासमा विभिन्न दातृ निकायमार्फत पुर्याएको योगदानका लागि धन्यवाद दिए।
उनले नेपाल र बेल्जियमबीचको सम्बन्ध प्रगाढ बनाउन दुई देशका संसद्हरूको महत्त्वपूर्ण भूमिका रहेको बताए। “नेपाल र बेल्जियमबीचको सम्बन्ध प्रगाढ बढाउन दुई देशका संसद्हरूको महत्त्वपूर्ण भूमिका रहेको छ,” अध्यक्ष तिमिल्सिनाले भने, “संसदीय अनुभवको आपसी आदानप्रदानमार्फत संसदीय लोकतन्त्रलाई परिष्कृत गर्दै आफ्ना नागरिकहरूको हक अधिकार सुनिश्चित गर्ने प्रक्रियालाई सबल बनाउने अवसर हाम्रोसामु रहेको छ।”
भेटवार्ताका क्रममा बेल्जियमकी सभामुख स्टेफिनले नेपाल र बेल्जियमबीच धेरै समानता रहेको बताउँदै जलवायु परिवर्तनको असर कम गर्न र मानवअधिकारको प्रवर्द्धन गर्न सहकार्य गर्न सकिने कुरामा जोड दिइन्। कोभिडका समयमा नेपालमा सहयोग गरेको स्मरण गर्दै उनले जलवायु परिवर्तनबाट हुने प्राकृतिक विपत्तिका घटना कम गर्न आगामी दिनमा सहयोग गर्दै जाने प्रतिबद्धता जनाइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
